बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा कोभिड १९ सङ्क्रमितको संख्या सत्तरी लाख नाघ्यो

आइतबार, २५ असोज २०७७, १३ : १३
आइतबार, २५ असोज २०७७

एजेन्सी ।  भारतमा आइतबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७० लाख नाघेको छ । साथै कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख ८ हजार ३३४ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ  । भारतमा गत २४ घण्टामा ७४ हजार ३८३ जनामा थप सङ्क्रमण देखिएको र कोरोना सङ्क्रमणको कारण ९१८ जनाको मृत्यु भएको छ ।

गत १३ दिन अर्थात सेप्टेम्बर १८ बाट अक्टोबर २८ सम्म कोभिड १९ सङ्क्रमितको संख्या दश लाख बढेको पनि समाचारमा जनाइएको छ । अझै पनि भारतभरी ८ लाख ६७ हजार ४६९ व्यक्ति संक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाको सङ्क्रमण देखा परेयता हालसम्म ६० लाख ७७ हजार ९७६ सङ्क्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन । 

कोरोनाको सङ्क्रमण देखा परेयता भारतमा ८६ करोड ८ लाख ७७ हजार २४२ व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसीएमआर) ले जानकारी दिएको छ ।  शनिबार एकै दिनमा पनि १ लाख ७८ हजार ५४४ व्यक्तिको कोरोना भाइरस सङ्क्रमण परिक्षण गरिएको पनि  आइसीएमआरले जानकारी दिएको छ । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप