कोरोना सङ्क्रमणका कारण काभ्रेमा एक पुरुषको मृत्यु
काभ्रे । कोरोना सङ्क्रमणका कारण धुलिखेल नगरपालिका–११ पात्लेखेतका एक पुरुषको धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । यससहित कोरोना सङ्क्रमणका कारण काभ्रेपलाञ्चोकमा चार महिला र पाँच पुरुषको मृत्यु भएको छ ।
कोरोना सङ्क्रमण भएपछि ५२ वर्षीय ती पुरुषलाई दुई हप्ताअघि उपचारार्थ धुलिखल अस्पतालमा भर्ना गरिएको थियो । पुरुषमा ‘क्रोनिक अल्कोहलिक लिभर डिजिज’ समेत भएको अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमणका कारण उपचारका क्रममा आज बिहान ६ बजे अस्पतालमा उनको निधन भएको वडाध्यक्ष विष्णु धितालले बताए ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका अनुसार हालसम्म काभ्रेपलाञ्चोकका ९५८ मा कोरोना सङ्क्रमण देखिएको छ । कूल सङ्क्रमितमध्ये नौको मृत्यु भएको छ भने ५८५ उपचारपछि घर फर्किएका छन् । तीन सय ६५ सक्रिय सङ्क्रमितमध्ये ११० जना अस्पतालको आइसोलेशन र २५५ जना होम आइसोलेशनमा उपचाररत छन् ।
यसैबीच काभ्रेपलाञ्चोकका १३ मध्ये तीन गाउँपालिका कोरोनामुक्त अवस्थामा छन् । बेथानचोक, तेमाल र खानीखोला गाउँपालिका कोरोनामुक्त भएका हुन् । हाल जिल्लाकै कूल सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी ३७ प्रतिशत अर्थात् १३५ सङ्क्रमित बनेपा नगरमा छन् । सबैभन्दा कम चौँरीदेउराली गाउँपालिकामा एक पुरुष छन् । हाल सक्रिय सङ्क्रमितमध्ये धुलिखेलमा ११२, पनौतीमा १८, पाँचखालमा ३४, नमोबुद्धमा २६, मण्डनदेउपुरमा १०, भुम्लु गाउँपालिकमा तीन, रोशीमा १० र महाभारत गाउँपालिकामा तीन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण