शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

रुपन्देहीमा घर भत्किएका २८ परिवारलाई जस्तापाता प्रदान

आइतबार, २५ असोज २०७७, १७ : २३
आइतबार, २५ असोज २०७७

बुटवल । रुपन्देहीमा बाढीले घर भत्काएका २८ परिवारलाई लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले घर निर्माण सामाग्री प्रदान गरेको छ । क्लबले रुपन्देहीको सम्मरीमाई, कोटहीमाई र मायादेवी गाउँपालिकाका २८ घरपरिवारलाई घर बनाउनको लागि जस्तापाता र जीआई पाइप उपलब्ध गराएको हो ।

सम्मरीमाई गाउँपालिका–५ रोइनिहवामा आयोजित निर्माण सामाग्री वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लाले लायन्स क्लबले समाजमा जागरुकता र सेवा भावना बढाउँदै गएको बताए । उनले मर्चवार क्षेत्रप्रति लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले देखाएको सेवाको भावको प्रशंसा गरे । उनले विगतमा आफु पनि लायन्स क्लबको सदस्य भएको स्मरण समेत गरे ।

लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध वर्ष २०२०÷२१ का अध्यक्ष एमजेएफ अरुण कुमार मिश्राले मर्चवार क्षेत्रमा अविरल वर्षाका कारणले आएको बाढीले घर भत्किएपछि घर निर्माण गर्न केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले निर्माण सामाग्री उपलब्ध गराएको बताए । उनले आगामी दिनमा पनि मर्चवार क्षेत्रका विपन्न परिवारलाई क्लबमार्फत सहयोग गरिने बताए ।

लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका स्टे«टेजिक चिफ पीएमजेएफ नवराज न्यौपानेले पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लाकै प्रेरणाले लायन्स भएको बताए । उनले दिनदुःखीको सेवामा लायन्स निरन्तर लागेको बताए । लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका एभ्यालुयसन टिम हेड विनोद खरेलले भैरहवाबासी मर्चवारको दुःखसुखमा साथ रहेको बताए ।

उनले मर्चवार क्षेत्रको विकासको लागि लायन्स क्लबले आगामी दिनमा पनि विभिन्न कार्यक्रमहरुलाई अगाडी बढाउनुपर्नेमा जोड दिए । रुपन्देहीमा  केही दिनअघि आएको बाढीले  विभिन्न ठाउमा डुवान र भत्काएको थियो । त्यही क्रममा उनीहरुको घर भत्किएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप