आमिरकी छोरी डिप्रेशनमा भएको खबर सुनेर कंगनाले दिइन् यस्तो प्रतिक्रिया
आमिर खानकी छोरी इरा खानले विश्व मानसिक स्वास्थ्य दिवसको मौका पारेर एउटा भिडियो पोस्ट गरेकी छिन् जसमा उनले आफ्नो पछिल्लो चार वर्षदेखि डिप्रेशनको शिकार भएको बताएकी छिन् । इराको यो भिडियोमा कंगनाले प्रतिक्रिया जनाएकी छिन् ।
कंगनाले इरा डिप्रेशनमा हुनुको पछाडि उनको परिवार टुट्नु जिम्मेवार भएको बताएकी छिन् ।
कंगनाले इराको भिडियो ट्वीटरमा सेयर गर्दै आफ्नो समय याद गर्दै लेखिन्, ‘१६ वर्षको उमेरमा म शारीरिक उत्पीडनको सामना गरिरहेकी थिएँ । एक्लै आफ्नो बहिनीलाई सम्हालिरहेकी थिएँ, जसलाई एसिडले जलाइएको थियो र मिडियाको रोष पनि झेलिरहेकी थिएँ । डिप्रेशनका थुप्रै कारण हुनसक्छन् तर सामान्यतयाः टुटेको परिवारको बच्चाका लागि यो थप मुश्किल हुनेगर्छ । पारम्परिक पारिवारिक सिस्टम असाध्यै आवश्यक छ ।’
इराले आइतबार आफ्नो इन्स्टाग्राममा एउटा भिडियो सेयर गर्दै आफू क्लिनिकल्ली डिप्रेस्ड भएको जानकारी दिएकी थिइन् ।
इरा आमिर खान र उनकी जेठी श्रीमती रिना दत्ताकी सन्तान हुन् । आमिर र रीनाले सन् १९८६ मा विवाह गरेका थिए । इराबाहेक दुबैका जुनैद नामका छोरा पनि छन् । सन् २००२ मा आमिर र रिनाको सम्बन्धविच्छेद भयो । सन् २००५ मा आमिरले किरन रावसँग दोस्रो विवाह गरे । यी दुईले सन् २०११ मा आजाद नामका छोरालाई सरोगेसीमार्फत् जन्म दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
