चीन,रुस र क्युबा राष्ट्रसंघीय मानवअधिकार परिषदमा निर्वाचित
एजेन्सी । संयुक्त राष्ट्रसंघको विशिष्टीकृत निकाय मानव अधिकार परिषदको सदस्यमा मंगलबार चीन, रुस र क्युबा विजयी भएका छन् । मानवअधिकारका क्षेत्रमा सक्रिय केही समूहले विरोध गरे पनि यी मुलुक विजयी भएका हुन् । मानवअधिकारको स्थिति कमजोर रहेको आरोप खेप्दै आएको अर्को मुलुक साउदी अरेबिया भने पराजित भएको छ ।
आयोगका लागि रुस र क्युवाको दौड निर्विरोध थियो, तर चीन र साउदी अरेबिया प्रतिस्पर्धामा थिए । राष्ट्रसंघ महासभाका कूल १९३ सदस्यले गोप्य मतदानमा भाग लिएका थिए जसमा पाकिस्तानले १६९, उज्बेकिस्तानले १६४, नेपालले १५०, चीनले १३९ तथा साउदी अरेबियाले ९० मत प्राप्त गरेका थिए । सन् २०१६ मा साउदी अरेबियाले १५२ मत प्राप्त गरेको थियो ।
साउदी अरेबियाले मानवअधिकारका क्षेत्रमा सुधार ल्याउने योजना सार्वजनिक गरे पनि ह्युमन राइट्स वाच र अरू संस्थाले साउदीको उम्मेद्वारीमाथि विरोध गरेका थिए । मध्यपूर्वका देशहरुले मानवअधिकार रक्षक, असन्तुष्ट र महिला अधिकारकर्मीलाई लक्षित गरिरहेको आरोप छ । अमेरिकी अखबार वासिङ्टन पोस्टका स्तम्भकार जमाल खशोग्जीको हत्यालगायत विगतका कैयौं घटनामा राज्यको संलग्नता रहेको आरोप पनि साउदी सरकारमाथि छ ।
मानवअधिकार परिषद्को नियम अन्तर्गत भौगोलिक प्रतिनिधित्व सुनिश्चित गर्न क्षेत्रहरूलाई सीटहरू छुट्याइएको छ । एशिया–प्रशान्त प्रतिस्पर्धा बाहेक ४७ सदस्यीय मानव अधिकार परिषदमा १५ सदस्य यसअघि नै छनौट भइसकेका छन् ।
अफ्रिकाबाट चारवटा देश विजयी भइसकेका छन्ः आइभरी कोस्ट, मलावी, गेबोन र सेनेगल । रुस र युक्रेनले पूर्वी युरोपेली मुलुकबाट प्रतिनिधित्व गर्नेछन् । ल्याटिन अमेरिकी र क्यारेबियन समूहमा मेक्सिको, क्युबा र बोलिभियाले तीन खुला सिट जितेका थिए । बेलायत र फ्रान्स भने पश्चिमी युरोपका लागि छुट्याइएको दुई स्थानमा छनौट भइसकेका छन् ।
गत हप्ता युरोप, संयुक्तराज्य अमेरिका र क्यानडाका मानवअधिकार समूहहरूको गठबन्धनले चीन, रुस, साउदी अरेबिया, क्युबा, पाकिस्तान र उज्बेकिस्तानलाई परास्त गर्न आह्वान गरेका थिए । उनीहरुको भनाईमा ती देशको मानव अधिकारको रेकर्ड कमजोर रहेको थियो ।
जिनेभास्थित मानवअधिकार परिषद्ले मानव अधिकारको दुरुपयोगका बारेमा अध्ययन, अनुगमन र विश्लेषणका साथै सदस्य राष्ट्रमा नियमित रुपमा मानव अधिकारको स्थितिको समीक्षा गर्दछ । सन् २००६ मा स्थापित परिषदले त्यसअघिको आयोग झैं आलोचना खेप्नु परेको छ । खासगरी आफ्ना कमीकमजोरी ढाकछोप गर्न सदस्य राष्ट्रहरु परिषदको सदस्य बन्न थालेपछि विवाद उत्पन्न भएको छ ।
संयुक्तराज्य अमेरिकाले सन् २०१८ जुनमा परिषदबाट फिर्ता हुने घोषणा गरेको थियो । परिषदले मानवअधिकारको संरक्षणमा पर्याप्त कार्य गर्न नसकेको तथा परिषदको भूमिका इजरायल विरोधी रहेको अमेरिकी आरोप छ । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण