असई गोविन्द विक हत्या प्रकरणः घाँटीमा हतियारको चोट, ११ जना पक्राउ
काठमाडौं । कैलालीमा मोटरसाइकल गस्तीमा खटिएका प्रहरी सहायक निरिक्षक (असई) गोविन्द विकलाई घाँटी काटेर हत्या गरेको पाइएको छ । प्रहरी सहायक निरिक्षक विकको घाँटीमा हतियारको चोट देखिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेशकुमार सिंहले रातोपाटीलाई बताए ।
शनिबार साँझ ८ बजे अस्थायी प्रहरी पोष्ट जुगेडाबाट मोटरसाईकल लिएर गस्ती गएका विकको शव मोहना खोलामा फेला परेको थियो । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ११ जनालाई पक्रेको छ । ‘११ जना शंकास्पदलाई पक्रेर सोधपुछ गरिरहेका छौं’–एसएसपी सिंहले रातोपाटीसँग भने । गोविन्दको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ । सँगै गस्ती गएका प्रहरी जवान रामबहादुर साउद बेपत्ता छन् ।

अस्थायी प्रहरी पोष्ट जुगेडाको इन्चार्ज रहेका गोविन्दले तस्करी विरुद्ध अपरेशन चलाइरहेका थिए । हत्यामा तस्कर समूहको हात रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । ‘तस्करबिरुद्ध एक्सन लिएको अवस्था थियो’ एसएसपी सिंहले भने– ‘बोर्डर एरिया भएकाले हत्यामा तस्कर समूहको हात हुनसक्ने सम्भावना छ, हामी अनुसन्धान गर्दै छौं ।’ प्रहरी चढेको मोटरसाइकल चौकीबाट साढे २ किलोमिटर पश्चिममा फेला परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण