बेलारुसमा विपक्षीको प्रदर्शन, १०० भन्दा बढी पक्राउ
आइतबार, ०२ कात्तिक २०७७, २२ : ४९

एजेन्सी । बेलारूसमा भ्रष्टाचार विरोधी अभियानमा सहभागी विपक्षी दलका दर्जनौँ नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । बेलारूसी प्रहरीले आइतबार १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको पुष्टि गरेको छ । प्रहरीले विपक्षीको आन्दोलन हिंसात्मक बन्न थालेपछि प्रदर्शनमा सहभागी उनीहरूलाई पक्राउ गरेको बताएको छ ।
बेलारूसी आन्तरिक मन्त्रालयका प्रवक्ता ओल्गा चेमोडानोभाले एएफपीसँग भने, “अहिलेसम्म १०० जनालाई मिन्स्कमा पक्राउ गरिएको र उनीहरूमध्ये केहीलाई सोधपुछ गरी रिहा गरिसकिएको र केहीलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको बताउनुभयो ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टुँडिखेलमा साकेला नाच, तस्बिरमा हेर्नुहोस्
-
सगरमाथा संवाद : सहरीकरणको प्रमुख समस्या वायुप्रदूषण
-
उच्च रक्तचापसँग सम्बन्धित ५ भ्रमहरू
-
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते
-
सहाना प्रधान : जुलुस निकाल्दा पक्राउ, पुष्पलालसँगै कारागार, पछि जागिरबाट निकाला
-
जापानको तेल प्रशोधन केन्द्रमा ग्याँस चुहावट, एक जनाको मृत्यु