विप्लवका कार्यकर्ताद्वारा सरकारी गाडीमाथि तोडफोड
आश तमु
पोखरा । नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले मंगलबार दिउँसो एक सरकारी गाडीमाथि तोडफोड गरेका छन् । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. ८ जनप्रियस्कूल नजिक रत्नचोकमा रोकी राखिएको बा१झ ९६२२ नं. को सरकारी गाडीलाई नेकपाका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् । सो गाडी कुन सरकारी कार्यालयको हो भन्ने बारेमा खुल्न सकेको छैन ।
नेपाल कम्युनिष्ट पार्टी कास्कीले आफ्नो पार्टीका कास्की जिल्ला सेक्रेटरी नन्दप्रसाद तिवारी “जगन”, लगायत पाँच जना नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेर विष्फोटक पदार्थ ओसारपसार सम्बन्धि ऐन मुद्दामा मुद्दा चलाएको थियो । प्रहरीले पोखराको पृथ्वीचोकस्थित सस्तोबजारमा सिलिन्डर बम राखेको अभियोग उनीहरुलाई लगाएको छ ।
नेकपाका जिल्ला सेक्रेटरी नन्दलाल तिवारी, सदस्य सोमनाथ अधिकारी, वालकृष्ण अधिकारी, गोवीन्द ओलि लेकेन्द्र राइ र काशी पौडेल लगायतका पाँच जना नेता तथा कार्यकर्तालाई प्रहरी पक्राउ गरी झुट्ठा मुद्दा लगाएको आरोप लगाएको भन्दै आक्रोशित बनेको नेकपा गण्डक ब्यूरोले गिरफ्तारीमा परेका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई तुरुन्त रिहाईको माग राखेर पहिलो चरणको आन्दोलनको कार्यक्रमहरु घोषणा गरेको थियो ।
पहिलो चरणमा बुधबारसम्म पोखरामा सरकारी सवारी साधनहरु चल्न नदिइने जनाइएको थियो ।
बिहीबारदेखि भने प्रदेश नं. ल ४ अन्तरगतका जिल्लाहरुमा सरकारी सवारी साधनहरु चल्नमा रोक लगाइने नेकपा गण्डक ब्यूरोले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण