बर्दियामा बाघको आक्रमणबाट १ जनाको मृत्यु
शनिबार, १५ कात्तिक २०७७, २३ : ०६
बर्दिया । गेरुवा गाउँपालिका वडा नं ४ मा बाघको आक्रमणमा परी एक व्यक्तिको आज मृत्यु भएको छ । गेरुवा – ४ राजीपुर गाउँका चौकीदार ६८ वर्षीय लहानु थारुको आज साँझ ६ बजे गाउँदेखि पूर्वतर्फ गेरुवा नदी किनारमा रहेको आवादी जग्गामा चरिचरणका लागि छाडिएका गोरु फर्काउने क्रममा बाघ आक्रमणमा परी मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार सो गाउँ बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका कारण बाघ बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको हुन सक्छ । दुई महिनाभित्र बाघको आक्रमणमा परी बर्दियामा यससँगै ६ जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले घोषणा गर्यो ‘एनसी फर एनसी’ अभियान
-
प्रधानमन्त्रीलाई कालो चस्मा र वस्त्र लगाउन छुट छ, काला कर्तुत गर्न छुट छैन : गगन थापा
-
नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण