आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रतीक्षालयमा वेवारिसे महिलाको शव फेला

आइतबार, १६ कात्तिक २०७७, १० : ४८
आइतबार, १६ कात्तिक २०७७

कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको प्रतीक्षालयमा वेवारिसे शव भेटिएको छ । 

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत चौधरीले शनिबार साँझ प्रतीक्षालयमा बेवारिसे शव भेटिएको बताए ।

अन्दाजी ६० वर्षीया महिलाको शव भेटिए पनि पहिचान नखुलेको प्रहरीले जनाएको छ । 

शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप