च्याम्पियन्स लिगमा रियलको पहिलो जीत
रोड्रिगोको निर्णायक गोलमा इन्टर मिलानलाई पराजित गर्दै रियल म्याड्रिडले च्याम्पियन्स लिगको नयाँ सिजनमा पहिलो जीत हासिल गरेको छ । मंगलबार राति भएको खेलमा रियल ३–२ गोलअन्तरले विजयी बनेको हो ।
खेलमा करिम बेन्जेमाको गोलको मद्दतले रियलले अग्रता लिएको थियो । कप्तान सर्जियो रामोशले खेलको ३३ औँ मिनेटमा क्लबका लागि १ सयौँ गोल गर्दै अग्रता दोब्बर बनाए ।तर, लगत्तै लाउटारो मार्टिनेजले इन्टरका लागि गोल फर्काए ।
दोस्रो हाफमा इभान पेरिसिचले गोल गर्दै खेल बराबरीमा ल्याए । तर, रोड्रिगोले खेलको ८० औँ मिनेटमा भिनिसियस जुनियरको पासमा गोल गर्दै रियलका लागि लागि नायक साबित बने ।
जीतसँगै समूहको दोस्रो स्थानमा रहेको शाख्तार डोनेस्क र रियलको समान ४–४ अंक रहेको छ । शीर्ष स्थानमा रहेको बोरुसिया मोचेनग्लाडबाचभन्दा रियल एक अंकले पछि रहेको छ । २ अंकसहित इन्टर समूहको पुछारमा छ ।
मंगलबार राति नै भएको ग्लाडबाचले शाख्तारलाई ६–० को विशाल अन्तरले पराजित गर्यो । खेलमा अलासाने प्लीआले ह्याट्रिक गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण