स्कुटर सिक्ने क्रममा पर्खालमा ठोक्किएर सहप्राध्यापक पौडेलको निधन
आइतबार, २३ कात्तिक २०७७, १३ : १५
बुटवल । बुटवल बहुमुखी क्यापम्सका सहप्राध्यापक डा.शिव पौडेलको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १ का स्थायी बासिन्दा पौडेलको स्कुटर सिक्ने क्रममा आफ्नै घरको पर्खालमा ठोक्किएर मृत्यु भएको हो ।
पर्खालमा ठोक्किएर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । नयाँ स्कुटर खरिद गरेर सिक्ने क्रममा घर अगाडीको पर्खालमा ठोक्किएपछि उनलाइ उपचारका लागि रुपन्देहीको मणिग्रामस्थित क्रिमशन अस्पतालमा लैजादै गर्दा बाटोमै मृत्यु भएको आफन्त हरि पौडेलले बताए ।
लामो समयदेखि बुटवल बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका पौडेलले असोज १ गतेबाट बुटवल बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुखको जिम्मेवारी पाएका थिए । उनी काशी बिश्वविद्यालय बनारसका नेपाली विभागका प्रध्यापक समेत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण