तिहारका लागि धमाधम बन्दै माटाका पाला, यसवर्ष खस्कियो व्यापार (फोटोफिचर)
दीपावलीमा दियो बाल्नका लागि प्रयोग हुने माटाका पालादेखि अन्य भाँडाहरु बनाउन यतिबेला भक्तपुरका प्रजापतिहरुलाई भ्याइनभ्याइ छ । तर यसवर्ष कोभिडको कारण माटाका भाँडाको व्यापारमा असर परेको छ । यस्तै माटो नपाउने समस्याले पेशा नै लोप हुने चिन्तामा प्रजापतिहरु छन् ।
दीपावलीको समय नजिकिँदै आएपछि भक्तपुर नगर, मध्यपुर थिमीका प्रजापति समुदायलाई यतिखेर माटाका पालासहित माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको हो । अन्य समयमा माटाका भाँडाहरु फाटफुट विक्री हुने गरेको भएपनि तिहारको समयमा भने धेरै नै विक्री हुने गरेको छ । तर यस वर्ष भने निकै कम माग भएको कृष्णश्याम प्रजापतिले बबताए । उनले गत वर्ष दैनिक तीन÷चार हजारको संख्यामा बिक्री हुने गरेकोमा अहिले आधा भन्दा कम मात्रै विक्री हुने गरेको बताए ।
तिहारको समयमा माटाका पालाको व्यापार धेरै हुने गरेको छ । त्यसबाहेक पनि अम्बरा, धुपौरो, गमला, सुराई, कालिञ्चा, खुत्रुके लगायतका सामानको माग पनि बढी नै हुनेगर्छ । तर यसपटक कोभिडका कारण माग घटेको छ । माटाको भाँडाको माग घटेको भन्दापनि माटो नपाउने समस्या ठूलो भएको प्रजापतिले बताए । भुक्तपुरका अधिकांश क्षेत्रमा घना वस्ती बसेसँगै माटो नपाउने समस्या आएको हो । माटो नपाएकै कारण अवको आठ÷दश वर्षमा पेशा नै लोप हुने अवस्थामा पुग्ने सम्भावना पनि देखिएको छ ।
प्रजापति समुदायले अगाल्दै आएको यो पेशा निकै पुरानो हो ।
तस्बिरहरु : कृष्ण खड्का र सुवास श्रेष्ठ























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण