देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
सारांश
- आइतबार काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।
- लगातार वर्षाले काठमाडौँका नदी तथा खोलामा पानीको बहाव बढेको छ र सडकमा पानी जम्दा सवारी आवागमन प्रभावित भएको छ ।
- जल तथा मौसम विज्ञान विभागले मनसुन सक्रिय रहेकाले बाढी, पहिरो तथा डुबानको जोखिम उच्च रहेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आइतबार वर्षा भइरहेको छ ।
वर्षासँगै काठमाडौँका वाग्मती, विष्णुमती, टुकुचालगायतका नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ ।
लगातार वर्षाका कारण राजधानीका विभिन्न सडकमा पानी जम्दा सवारी आवागमन प्रभावित भएको थियो । केही स्थानमा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको भन्दै ट्राफिक प्रहरीले आवश्यक सतर्कता अपनाउन चालक तथा यात्रुलाई आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार राति कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ । विभागले मनसुन सक्रिय रहेकाले बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम उच्च रहेको जनाएको छ ।
विभागले नदी तथा खोलाको आसपास, पहिरोको जोखिम भएका क्षेत्र र डुबान हुनसक्ने स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । अत्यावश्यक कामबाहेक जोखिमपूर्ण क्षेत्रमा आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचना पालना गर्न अनुरोध गरेको छ ।
भारी वर्षाका कारण दैनिक जनजीवन, कृषि, सडकमा समेत असर पर्न सक्ने भएकाले आवश्यक पूर्व सावधानी अपनाउन विभागले अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्ती र बजेट छर्ने प्रवृत्तिप्रति सांसदहरूको आपत्ति, योजना आयोगको पुनर्संरचना माग
-
राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण