सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
आइतबार, २८ असार २०८३, २२ : ५५
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान सम्झौताको नजिक पुगेका बेला इरानले जहाजमाथि ड्रोन आक्रमण गरेको बताएका छन् ।
- ट्रम्पका अनुसार इरानी अधिकारीहरू सम्झौताका लागि लगभग तयार भइसकेका थिए ।
- यसको जवाफमा अमेरिकाले इरानका १४० सैन्य ठेगानाहरूमा आक्रमण गरेको दाबी गरिएको छ ।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान सम्झौताको निकै नजिक पुगेका बेला अचानक इरानले एउटा जहाजमाथि ड्रोन आक्रमण गरेको बताएका छन् ।
सीएनएनसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘उनीहरू (इरान) लगभग हाम्रा सबै कुरा मान्न तयार भइसकेका थिए, तर त्यसको ठीक दुई घण्टापछि उनीहरूले एउटा जहाजमाथि ड्रोन आक्रमण गरे ।’
इरानी अधिकारीहरूको आलोचना गर्दै ट्रम्पले थपे, ‘यी मानिसहरूमा केही न केही समस्या छ ।’
इरानको उक्त कदमको जवाफमा अमेरिकाले गरेको कारबाहीबारे उल्लेख गर्दै ट्रम्पले भने, ‘हामीले उनीहरूमाथि निकै कडा प्रहार गर्यौँ।’
यसअघि अमेरिकाले हर्मुज स्ट्रेटमा एक व्यापारिक जहाजमाथि इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) ले गरेको आक्रमणको जवाफमा इरानका ‘१४० सैन्य ठेगानाहरू’मा आक्रमण गरेको दाबी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण