आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

पोखरामा नोम्याड्स बेसक्याम्प फेस्टिभल हुने

आइतबार, २८ असार २०८३, २० : २५
आइतबार, २८ असार २०८३

पोखरा । पोखरामा नोम्याड्स बेसक्याम्प फेस्टिभल हुने भएको छ । साराङ सर्भिसेज र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा आगामी सेप्टेम्बर २५ देखि २७ सम्म महोत्सव हुन लागेको हो । कार्यक्रमको लागि दुई संस्थाबिच औपचारिक सम्झौता आइतबार भएको छ।

पोखरालाई डिजिटल नोम्याड्स, रिमोट वर्कर, उद्यमी, सिर्जनशील व्यक्तित्व तथा नवप्रवर्तनकर्ताहरूको गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए । उनका अनुसार, यसअघि २०२५ को अगस्टमा पहिलो डिजिटल नोम्याड्स फेस्टिभल भएको थियो ।

तीन दिने महोत्सवमा प्रविधि, जीवनशैली र पर्यटनसँग सम्बन्धित विषयहरूलाई समेटिने आयोजकले जनाएका छन् । पहिलो दिन आर्टिफिसियल इन्टेलिजेन्स, स्टार्टअप, उद्यमशीलता, डिजिटल व्यवसाय र भविष्यको कार्यशैली जस्ता विषयमा केन्द्रित रही छलफल हुनेछ ।

दोस्रो दिन स्वतन्त्र जीवनशैली, रिमोट कार्य, मानसिक स्वास्थ्य र जीवन सन्तुलनका छलफल हुने आयोजकले जनाएको छ । तेस्रो दिन विश्व पर्यटन दिवसको अवसर पारेर दिगो पर्यटन, पर्यटकीय नवप्रवर्तन, गन्तव्य ब्रान्डिङ र सांस्कृतिक आदानप्रदान सम्बन्धी छलफल गरिने छ ।

महोत्सवले पर्यटन व्यवसायी, उद्यमी र विद्यार्थीहरूलाई विश्वभरका डिजिटल नोम्याड्स र उद्यमीहरूसँग जोड्न मद्दत पुर्‍याउने पहारीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप