फिल्म अभिनेता अर्जुन रामपालको घरमा छापा, ड्रग्स केसमा कारवाही तीब्र
बलिउडको ड्रग कनेक्सन केसमा अभिनेता अर्जुन रामपालको घरमा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले छापा हानेको छ । रामपालको घरमा एनसीबीका अधिकारी छापा हान्न पुगेका हुन् । सोमबार बिहान अर्जुन रामपालको घरमा एनसीबीका अधिकारी पुगेका थिए ।
सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा बलिउडको ड्रग कनेक्सन सार्वजनिक भएको थियो । त्यसपछि एनसीबीले फिल्म इन्डष्ट्रि ड्रग्ससँग जोडिएको कुरा पत्र पत्र गरी खोल्न सुरु गरे । अघिल्लो महिना रामपालकी प्रेमिका गेब्रिएलाका भाइ एगिसियालोस डिमिट्रीडेसलाई ड्रग्स केसमा एनसीबीले पक्राउ गरेको थियो ।
एगिसियालोससँग ह्यासिस र एल्प्राजोलामका ट्याबलेट भेटिएको थियो । यी दुबै वस्तु नारकोटिक्सको तर्फबाट प्रतिबन्ध छ । एगिसियालोसको सम्बन्ध ओमेगा गडविनसँग पनि भएको बताइन्छ । ओमेगा मुम्बईमा कोकिन सप्लाई गरेको भन्दै पक्राउ परेका थिए । ओमेगाले नाम लिएपछि एगिसियालोसलाई पक्राउ गरिएको थियो । यो कुराको पुष्टि जोनल डायरेक्टर समिर वानखेडेले गरेका हुन् ।
आइतबार एनसीबीले बलिउड निर्माता फिरोज नाडियाडवालाको घरमा पनि छापा हानेको थियो । फिरोजको घरबाट गाँजा बरमद गरेपछि उनकी श्रीमतीलाई पक्राउ गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण