शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

किरातीको माओवादी केन्द्र पुनर्गठन

अब पार्टी पुनःनिर्माण अभियानमा लाग्ने घोषणा
सोमबार, २४ कात्तिक २०७७, १५ : ४४
सोमबार, २४ कात्तिक २०७७

गोपाल किराँतीले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) पुनर्गठन भएको छ । अब किराती सो पार्टी पुनःनिर्माण अभियानमा लाग्ने भएको छ ।

आज एक ‘असाधारण’ विज्ञप्ति जारी गरेको घोषणा गर्दै किरातीले ‘माओवादी आन्दोलनको विचार, भावना र ऐतिहासिक विरासतको निरन्तरता दिँदै महान् जनविद्रोहको रणनीतिमा केन्द्रित हुन् नेकपा (माओवादी केन्द्र) पुनर्गठन गरिएको’ जनाएका छन् ।

सो विज्ञप्तिमा ‘नयाँ विचार, कार्यदिशा र राजनीतिक कार्यक्रम निर्माणमा आधारभूत सफलता हासिल समेत गरिएको’ जनाउँदै ‘परन्तु, अधिकांश कमरेडहरुको दृढ प्रयत्नका बावजुद देशभक्तिपूर्ण राष्ट्रिय स्वाधीनता, पहिचान आधारित जनवाद र समाजवादी सुविधाको जनजीविका सुनिश्चित गर्ने आन्दोलनमा पार्टी केन्द्रीय समिति अपेक्षित खरो उत्रन नसकेको’ उल्लेख गरिएको छ ।

‘सर्वहारा चरित्रको संगठन निर्माण र स्थानीय जनसम्बन्ध सुदृढीकरण कार्यमा केन्द्रीय समितिका गम्भीर सीमाहरु देखा परेको’ उल्लेख गर्दै विज्ञप्तिमा ‘पार्टी केन्द्रीय कार्यालयको निर्णयमा वृहत् स्तरमा पार्टी पुनर्निर्माण अभियान सञ्चालन गरी सर्वहारावर्गको नेतृत्वमा श्रमिकवर्ग, जाति, क्षेत्र, महिला र देशभक्तहरुको सुदृढ पार्टी बनाएर छाड्ने संकल्प सहित पार्टी सदस्य कमरेडहरु र सुभेच्छुक सबैमा जानकारी एवं अनुरोधका लागि सो विज्ञप्ति जारी गरिएको’ उल्लेख गरिएको छ ।

पार्टीका अध्यक्ष किरातीले हस्ताक्षर गरी जारी गरिएको सो विज्ञप्तिमा  उक्त पार्टीको केन्द्रीय समिति, राजनीतिक परिषद्, पदाधिकारी एवं प्रदेश समितिहरु र जिल्ला समितिहरु यसै विज्ञप्तिमार्फत् भंग गरिएको,, संगठित पार्टी सदस्यहरु पार्टी अभियान सदस्यमा रुपान्तरिक भएको, आगामी मंसिर ८ गते गर्ने भनिएको केन्द्रीय समितिको बैठक स्वतः रद्ध भएको तथा केन्द्रीय कार्यालयको हैसियतमा पार्टी पुनर्निर्माण अभियानको अध्यक्ष गोपाल किराती रहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप