कर्णालीमा ९० हजारको परीक्षण : कति पुगे संक्रमित कति निको भए ?
कर्णाली प्रदेशमा ९० हजार नागरिकको आरटी पिसीआर परीक्षण गरिएको छ । पिसीआर परीक्षण गरिएका व्यक्तिहरुमध्ये आज ४७ जना सङ्क्रमित थपिएसँगै छ हजार २६८ जनामा सङ्क्रमण देखिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३२ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म हालसम्म कर्णालीमा पाँच हजार ६०१ जना निको भएर घर फर्केका छन् । आरटी पिसीआर परीक्षण गरिएकामध्ये सात प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको र त्यसमा ८९ प्रतिशत निको भई घर फिर्ता भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले जानकारी दिए।
“पिसीआर परीक्षण सबैभन्दा बढी कर्णाली प्रदेश अस्पताल सुर्खेत ४६ हजार ३१६ गरेको छ,” उनले भने, “कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले २७ हजार ३१८ र बाँकी दैलेख, रुकुमपश्चिम चौरजहारी अस्पताल, राप्ती, भेरी, नेपालगञ्ज मेडिकल, अछाम र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पिसीआर परीक्षण गरिएको थियो ।” कुल परीक्षणमध्ये ८२ हजार ४३२ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाईएको छ ।
वरिष्ठ जनस्वास्थ्य प्रशासक शाहीले भने, “भदौअघि सङ्क्रमण मात्र देखिने बिरामीमा पछिल्लो समयमा लक्षणसहित सङ्क्रमण देखिन थालेको छ । साउनसम्म कोरोना सङ्क्रमणबाट छ जनाको मृत्यु भएकामा त्यसयता १० व्यक्तिले ज्यान गुमाउनुपरेको छ ।” उनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना पुष्टि भएका ४७ व्यक्तिमध्ये २४ जना सुर्खेत, जाजरकोट, दैलेख र जुम्ला, दुई÷दुई, रुकुमपश्चिम एक र अन्य प्रदेशका १६ छन् । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ४६ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा एक जनामा कोरोना पोजेटिभ देखिएको प्रमुख शाहीको भनाइ छ ।
जिल्लागत आधारमा हालसम्म कोरोना सङ्क्रमित व्यक्तिहरुमा सुर्खेतका दुई हजार ७०७, दैलेखका एक हजार ५४९, सल्यानका ५२२, जुम्लाका ३४२, कालिकोटका ३०७, रुकुमपश्चिमका १९०, जाजरकोटका ११२, हुम्लाका ३४, मुगुका ३३, डोल्पाका १५ र अन्य प्रदेशका ४५५ जना रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सुर्खेतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण