आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा क्षेत्रको रूपान्तरणका लागि सरकार, निजी क्षेत्र, सञ्चारमाध्यम र अन्य सबै सरोकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आज ललितपुरमा आयोजना गरेको ‘विद्युतीय पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।
मन्त्री श्रेष्ठले नेपालका नदीहरू विद्युत् उत्पादनमा मात्र सीमित नरही उद्योग, रोजगारी, उत्पादन, प्रतिस्पर्धी अर्थतन्त्र र दिगो समृद्धिको आधार निर्माण गर्न सक्षम रहेको बताए । एउटा जलविद्युत् आयोजनाले विद्युत् उत्पादन मात्र नगरी त्यस क्षेत्रको सामाजिक, आर्थिक र शैक्षिक विकासमा समेत ठूलो योगदान पुर्याउने उनको भनाइ छ । उनले मानव विकास सूचकाङ्कमा सुधार ल्याउन पत्रकारसहित सबै सरोकार भएका निकायका प्रतिनिधिको सकारात्मक भूमिका आवश्यक रहेकामा जोड दिए ।
मन्त्रालयले आगामी आर्थिक वर्षभित्र रणनीतिक महत्वका १२ वटा प्रसारण लाइन सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम गरिरहेको जानकारी मन्त्री श्रेष्ठले दिए । मन्त्रालयले आन्तरिक विद्युत् खपतलाई पहिलो प्राथमिकतामा राख्दै उद्योग, यातायात, कृषि तथा घरायसी क्षेत्रमा विद्युत् प्रयोग विस्तार गर्ने कार्ययोजना अघि बढाएको छ । वर्षायाममा बचत हुने विद्युत् अन्तरदेशीय प्रसारण लाइनमार्फत क्षेत्रीय बजारमा निर्यात गर्ने नीति पनि सरकारको प्राथमिकतामा रहेको उनले स्पष्ट पारे ।
मन्त्री श्रेष्ठले वर्तमान सरकारको मुख्य लक्ष्य विद्युतीय पूर्वाधारको विकास र स्तरोन्नतिमा केन्द्रित रहेको उल्लेख गर्दै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत करिब ८० अर्ब रुपैयाँ विद्युतीय पूर्वाधार निर्माणका लागि विनियोजन गरिएको जानकारी दिए । सरकारले रणनीतिक रूपमा विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई सुदृढ बनाउँदै लगेको भन्दै उनले ऊर्जा क्षेत्रको समग्र विकासलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण