देउखुरीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु
आइतबार, ३० कात्तिक २०७७, १६ : २०
दाङ । दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडकखण्डको लमही नगरपालिका – १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आज बिहान अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो ।
विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पहिचान नखुलेकी ती महिलालाई लमही अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले ठक्कर दिएर भागेको ट्रकलाई लमही –९ रिहारबाट नियन्त्रणमा लिइएको जानकारी दिए । महिलाको शव भने परीक्षणका लागि लमही अस्पतालमा राखिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण