गुल्मीको रेसुङ्गा नगरपालिकाद्वारा ९ दिन लकडाउनको घोषणा
बुटवल । गुल्मीको रेसुङ्गा नगरपालिकाले ९ दिन लकडाउन गर्ने घोषणा गरेको छ । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण तिब्र रुपमा समुदायस्तरमा फैलिएको हुँदा लकडाउन गर्नुपरेको नगरपालिकाले जनाएको छ । नगरप्रमुख डिल्लीराज भुसालद्धारा जारी गरिएको सूचनामा बिहिवार राती १२ बजेदेखि मंसिर १३ गते राती १२ बजेसम्म लकडाउन लागू हुनेछ ।
लकडाउनको अवधिमा एम्बुलेन्स, दमकल, स्वस्थ्यकर्मी, सुरक्षाकर्मी, ईन्धन, सरसफाई, स्वास्थ्य सेवा तथा औषधी पसलहरु पूर्ववत रुपमा सञ्चालन हुने जनाइएको छ । पालिका कार्यालय र वडा कार्यालयमा अत्याबश्यक कार्य बाहेका सेवाहरु पूर्ण रुपमा बन्द हुनेछन् ।
यस अवधिमा सम्पूर्ण शौक्षिक संस्थाहरु बन्द रहने तथा रेडियो टेलिभिजनबाट प्रशारण हुने श्रव्यदृष्य, श्रव्यपाठ प्रशारण तालिकाअनुसार निरन्तर सिकाईमा सहभागी हुन जानकारी गराउने जनाइएको छ । कक्षा १२ को वार्षिक परिक्षा मंसिर ९ गतेबाटै निर्देशित कार्यविधि, मापदण्ड पुरा गरि सुचारु गर्ने समेत जनाइएको छ ।
त्यस्तै तरकारी फलफूल दुध तथा दुधजन्य पदार्थको बिक्री वितरण बिहान नौ बजेसम्म र साँझ पाँच बजेदेखि ६ः३० सम्म सञ्चालन गर्ने जानकारी समेत नगरपालिकाले दिएको छ । अन्य पसलहरु स्वास्थ्य सुरक्षा मापदण्ड पुरागरि बिहान सात बजेदखि दुई घण्टामात्र सञ्चालन गर्ने जनाइएको छ ।
उद्योगधन्दा, निर्माण कार्य जुन ठाउँमा सञ्चालन गरिएको छ, सोही स्थानमा कामदारलाई खाने बस्ने व्यवस्था मिलाई सञ्चालन गर्ने, बैङ्क तथा वित्तिय संस्थाहरुलाई अत्यावश्यक सेवा प्रदान गर्न भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण