छठको तयारी : जनकपुर र वीरगञ्जमा सजाइए घाटहरु
काठमाडौं । हिन्दु धर्मावलम्बी खासगरी, तराई मधेसमा विशेष रुपमा मनाइने छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यको पूजा गरिन्छ ।
ब्रतालुले षष्ठीका दिन सुर्यास्तको समयमा जलासयमा स्नान गरी सूर्यलाई अर्घ दिने प्रचलन छ । यसैगरी भोलिपल्ट अर्थात्, सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर ब्रत समापन गरिन्छ । त्यसैले पनि छठ पर्वलाई सूर्यको उपासना गर्ने मूख्य पर्वका रुपमा लिइन्छ ।
अस्ताउँदो सूर्यलाई अर्घसहित पूजा गरेपछि रातभर नदी तथा जलासय किनारमा बसी बत्ती बाल्ने र भजनकीर्तन गर्ने परम्परा छ । यसका लागि जलासय तथा नदी किनारमा पूजा सामग्री राख्ने र ब्रतालु बस्नका लागि सुविधाअनुसारका छाप्रा तथा टहरा बनाएका हुन्छन् । छठको तयारीस्वरुप तलाउ तथा जलासय किनारलाई विशेष रुपमा सजाइएको हुन्छ ।

अस्ताउँदो सूर्यलाई अर्घदिन जनकपुरको विभिन्न पोखरी तलाउलाई श्रृंगारिएका घाटमा विहनैदेखि छठको पूजा सामग्री लिएर व्रतालु भक्तजनहरु जान थालेका छन् ।
चार दिनसम्म मनाईने छठ पर्वको पहिलो दिन बुधबार नुहाएर अरबा अरबाईन भोजन गरेका ब्रतालुहरु बिहीबार दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण गरी खरना मनाएका छन् । तेश्रो दिन अर्थात मुख्य दिन शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारिएका विभिन्न पूजा सामग्रीहरु घाटमा लगेर पूजा गर्ने गरिन्छ भने चौथो दिन शनिबार विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्वको विधिवत समापन भएको मानिन्छ ।

अर्घ दिनका लागि ब्रतालुहरु ४८ घन्टासम्म पानीसमेत नपिइ उपबास गरी विधि अनुसार पूजापाठ गर्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवानलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम र निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा पनि लिने गरिन्छ ।
जनकपुरको गंगासागर तलाउ र रुकमिणी सागर तलाउमा छठ माताको प्रतिमूर्ति समेत स्थापना गरिएको छ ।

जनकपुरको गंगासागर, धनुसागर, अंगराजसर सागर, दशरथ तलाउ, रुकमिणी तलाउ, भुतही पोखरी, विजार सर पोखरी लगायतका तलाउ तथा पोखरीहरुलाई बेहुली झँै सजाएर झकिझकाउ बनाइएको छ । यस्तै वीरगंजको घडिअर्वा पोखरीलाई पनि छठका लागि सजाइएको छ ।
यद्यपि कोरोना महामारीका कारण विगतका वर्षको तुलनामा यस वर्ष छठको रौनक त्यति देखिएको छैन ।
प्रस्तुत तस्बिरहरु जनकपुर र वीरगंजमा छठको तयारीस्वरुप सजाइएका घाटका हुन् ।







तस्बिरहरु : जनकपुरबाट किरणकुमार कर्ण र वीरगंजबाट दीपेन्द्रकुमार प्रजापतिको सहयोगमा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण