मुक्तिनाथ विकास बैंकलाई एक लाख युरोको युरोपियन माइक्रोफाइनान्स अवार्ड
लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ बाट मुक्तिनाथ विकास बैंक पुरस्कृत भएको छ ।
बैंकले साना तथा लघु बैंकिङ कार्यक्रममा आबद्ध न्यून आय भएका सदस्यलाई प्रदान गरी रहेको नवीनतम र ग्राहकमैत्री समावेशी बचत सेवाको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनोट समितिले अध्ययन तथा अनुसन्धान गरी सो पुरस्कार प्रदान गरेको बैंकका अध्यक्ष भरतराज ढकालले जाकारी दिए । भर्चुअल माध्यमबाट भएको सो प्रतियोगितामा ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागिता जनाएका थिए ।
उक्त प्रतियोगिताको लागि उत्कृष्ट तीनमा नेपालबाट मुक्तिनाथ विकास बैंकलगायत वेनिन र इथियोपियाको एकएक लघुवित्त संस्था छनोट भएका थिए । सो पुरस्कारबापत मुक्तिनाथ विकास बैंकले नगद एक लाख युरो प्राप्त गरेको बैंकका प्रमुख सूचना अधिकारी तीलबहादुर गुरुङले जानकारी दिए ।
सो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यलाई डिजिटल बैंकिङमा सहभागी गराउन विभिन्न कार्य गरिने जनाइएको छ । बैंकको ४२ जिल्लामा रहेका १३८ मध्ये ११८ वटा शाखामार्फत साना तथा लघु बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । साना तथा लघु बैंकिङअन्तर्गत एक लाख ८० हजारभन्दा बढी ग्राहक सदस्यले प्रत्यक्ष सेवा लिइरहका छन् भने यो क्षेत्रमा रु १७ अर्बभन्दा बढी लगानीमा रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण