पाकिस्तानमा कोभिड–१९ को दोस्रो लहरपछि सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह
एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहरसँगै महामारीबाट बच्न आवश्यक सावधानी अपनाउन आइतबार आग्रह गरेका हुन् । उनले सरकारी अधिकारी, पाकिस्तानी जनता र विपक्षी दलहरूलाई पनि महामारीबाट बच्न सामाजिक दूरी कायम गर्ने र सङ्क्रामक रोगबाट अपनाउनुपर्ने अन्य स्वास्थ्यका उपायलाई पालना गर्न आग्रह गरेका छन् ।
सरकारी तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई हजार ६६५ रहेको छ भने ५९ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । पाकिस्तानमा कोभिड–१९ सङ्क्रमित सात हजार ६६२ पुगेको छ भने अझै ३६ हजार ६८३ व्यक्तिले देशभरका विभिन्न अस्पतालमा उपचार गरिरहेका छन् । पाकिस्तानमा अहिलेसम्म कूल तीन लाख ७४ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।
“पाकिस्तानमा कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण विगत १५ दिनदेखि चासोको विषय बनेको छ,” प्रधानमन्त्री खानले आफ्नो ट्वीटर पेजमा उल्लेख गरेका छन् । उनले भने, “विश्वका धेरै मुलुकले दोस्रो पटक सङ्क्रमण फैलिन थालेपछि पूर्ण तथा आंशिक लकडाउनको घोषणा गर्न बाध्य भएका छन् । यदि अहिलेकै तरिकाले सङ्क्रमण फैलिँदै जाने हो भने पाकिस्तानले पनि पूर्ण लकडाउन गर्न बाध्य हुनुपर्नेछ ।”
प्रधानमन्त्री खानले आफूले सामान्य अवस्थामा पुनः लकडाउन गर्न नचाहेको बताउँदै लकडाउनले देशको सुधारउन्मुख रहेको अर्थतन्त्रलाई पुनः प्रभावित बनाउने बताए । यसअघि उनले विपक्षी दलहरूलाई विरोधका लागि ठूला सभा र प्रदर्शन गर्दा सङ्क्रमण फैलिने चेतावनी दिँदै विरोधको उक्त शैलीलाई रोक्नसमेत आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण