कोरोना परीक्षण गर्दा अब अनिवार्य रुपमा नेपाली नागरिकता चाहिने
काठमाडौं– कोरोना परीक्षण गर्दा नतिजा नछुट्टिएमा सबै प्रयोगशालालाई पोजेटिभ रिपोर्ट भनेर दिन स्वास्थ्य तथा मन्त्रालयले निर्देशन दिएको छ । पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ वा नेगेटिभ भनेर नछुट्टिएको खण्डमा (इनकन्क्लुसिभ) पोजिटिभ रिपोर्ट दिन स्वास्थ्य मन्त्रालयका प्रक्वता प्रा.डा. जागेश्वर गौतमले बताए ।
प्रयोगशालाहरुले कोरोना परीक्षणको रिपोर्ट दिँदा सबैलाई पोजेटिभ वा नेगेटिभ भनेर दिएको पाइएको प्रा.डा. गौमतले उनले बताए । अब कोरोना परीक्षण गर्ने सबै प्रयोगशालाहरुले अनिवार्य रुपमा आन्तरिक रुपमा नीति बनाएर परीक्षण गर्न समेत उनले निर्देशन दिए ।
विदेश जानेहरुले कोरोना परीक्षण गर्दा ‘ए’ लेबलका प्रयोगशालामा मात्रै कोरोना परीक्षण गरेर जान पाउने भएका छन् । कोरोना परीक्षण गरेर विदेश जानेहरुको रिपोर्ट स्वास्थ्य मन्त्रालय, नागरिक उड्डयन मन्त्रालय र कोभिड—१९ संकट व्यवस्थापन केन्द्रलाई जानकारी दिनपर्ने भएको छ ।
त्यस्तै,कोरोना परीक्षणका लागि नमूना दिने व्यक्तिहरुले नेपाल सरकारबाट जारी गरिएको परिचयपत्र अनिवार्य रुपमा देखाएर मात्रै परीक्षण गर्न पाउने जनाइएको छ । विदेशबाट स्थलमार्ग वा हवाईमार्ग हुँदै नेपाल प्रवेश गर्ने सबैले अनिर्वाय रुपमा १४ दिन क्वारेन्टाइनमा बस्नपर्ने नियम लागू गरिएको प्रा.डा.गौतमले बताए । १४ दिन क्वारेन्टिनमा बस्दा संक्रमणको लक्षण देखिएमा मात्रै कोरोना परीक्षण गर्न गर्न समेत उनले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
-
अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप चीनद्वारा अस्वीकार
-
चिनियाँ साइबर ह्याकरहरूले अमेरिकीहरूको सूचना सङ्कलन गरेको दाबी
-
पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु
-
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग
-
प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक सङ्घका पदाधिकारीसँग छलफल गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण