दुई-चारजना नेताले चाहँदैमा नेकपा फुट्दैनः गोकर्ण विष्ट
शुक्रबार, १२ मङ्सिर २०७७, १५ : २०
गुल्मी । नेकपाका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले दुई चार जना नेताले चाहँदैमा नेकपा नफुट्ने बताएका छन् । नेकपा गुल्मीका नेता बोमबहादुर खडकाको १२ औ श्रद्धान्जलीसभालाई सम्बोधन गर्दै नेता विष्टले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै नेता विष्टले भने- ‘नेकपा कुनै दुई चार जना नेताले बनाएको पार्टी होईन, जसले चाह्यो उसले फुटाउन सक्ने । अब नेपाली कम्युनिस्ट आन्दोलनलाई थप सशक्त बनाएर लगिनेछ छ र एकतालाइ मजबुत बनाइनेछ ।’
पूर्वमन्त्री समेत रहेका विष्टले नेपाल कम्युनिस्ट पार्टी चट्टानमा उम्रिएको बिरुवा भएको उल्लेख गर्दै अब छिट्टै स्थायी कमिटी बैठक बसेर पार्टी एकताबद्ध र मजबुत बनाएर लगिने उद्घोष गरे । कार्यक्रममा परराष्ट मन्त्री प्रदिप ज्ञवाली लगायतका नेताहरुको पनि उपस्थिति रहेको छ । परराष्ट्रमन्त्री ज्ञवाली बोल्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण