समुदायमा संक्रमण : काठमाडौँको संक्रमण दर ५.९७ प्रतिशत रहेको एन्टिजेन परीक्षणको प्रारम्भिक नतिजा
सरकारले काठमाडौँ उपत्यकामा कोरोनाको अवस्था पत्ता लगाउन एन्टिजेन परीक्षण थालेको आजको कान्तिपुर दैनिकमा समाचार छ । तर, यसमा सहभागतिा भने न्यून देखिएको समाचारमा उल्लेख गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले काठमाडौँ महानगरभित्र तीन हजार जनाको एन्टिजेन टेस्ट गर्न प्राविधिकलाई समुदायमा पठाए पनि पहिलो दिन परीक्षण गर्न आउनेको संख्या न्यून देखिएको हो ।
ईडीसीडीको टोली सोमबार कोरोनाको हटस्पट मानिएको काठमाडौँको विशालनगर, धुम्बाराही, चाबहिल, मित्रनगर, बत्तीसपुतली, गुहेश्वरी, पशुपति क्षेत्रमा परीक्षण गर्न खटिएका थिए । एउटा वडाबाट कम्तिमा ५ सय जनासहित १५ सय जनाको परीक्षण गर्ने योजना भए पनि ७ सय २० जनाको मात्रै परीक्षण भएको देखिएको छ ।
संक्रमितको क्लोज कन्ट्याक्टमा भएकालाई फोन गरेर बोलाउँदा पनि नआएको काठमाडौँ–४ का वडाध्यक्ष मोहन विष्टले जानकारी दिए । पाजेटिभ देखिए १४ दिन आइसोलेसनमा बस्नुपर्ने डरले परीक्षण गर्न नआएको हुन सक्ने उनको भनाइ छ ।
तीन वडामा गरिएको एन्टिजेन परीक्षणको नतिजाअनुसार काठमाडौँमा कोरोना संक्रमित हुने दर ५.९७ प्रतिशत देखिएको छ । बुधबार काठमाडौँकै बानेश्वर, महाराजगञ्ज, पुरानो बानेश्वर, शंखमूल, कलंकी, बालाजु, असन, कोटेश्वर क्षेत्रमा परीक्षण गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी गाडीमा रातो प्लेट : सुरक्षा ‘थ्रेट’ कि दुरुपयोग मोह ?
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा ६ जना उम्मेदवार सर्टलिस्टमा
-
साउने सङ्क्रान्तिसँग जोडिएको मौलिकता
-
इंग्ल्यान्डको समस्या : प्रशिक्षकको पुरानै पारा
-
कृषि तथा पशुपन्छी कार्यक्रमको प्रगति विवरण बुझाउन स्थानीय तहलाई निर्देशन
-
शाही उत्तराधिकारका नियम खुकुलो बनाएपनि जापानमा महिलाको हकमा प्रतिबन्ध यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण