रूसद्वारा कोभिड–१९ विरुद्ध खोप अभियान सुरु
एजेन्सी । रूसले राजधानी मस्कोका क्लिनिकहरूमार्फत् कोरोनाभाइरसको उच्च जोखिममा रहेका मानिसहरूलाई कोभिड–१९ विरुद्ध खोप सेवा उपलब्ध गराउन थालेको छ । कोभिड–१९ विरुद्धको अभियान भनिएको सेवाका लागि गत अगस्ट महिनामा रूसले मान्यता दिएको स्वदेशमै निर्मित स्पुत्निक–५ खोपको प्रयोग भइरहेको छ ।
खोप विकासमा संलग्न अधिकारीहरूले उक्त खोप ९५ प्रतिशत प्रभावकारी रहेको र यसको प्रयोगबाट कुनै उल्लेख्य नकारात्मक प्रभाव नदेखिएको बताएका छन् । खोपको रूस लगायतका स्थानमा सामूहिक परीक्षण तथा अनुसन्धान भइरहेको छ ।
दुई पटक लगाउनुपर्ने खोप लिन हजारौँ सर्वसाधारणहरूले आफ्नो नाम दर्ता भएका छन् । मस्को नगरप्रमुख सर्गे सोब्यानिनका अनुसार एक करोड ३० लाख जनसङ्ख्या रहेको मस्कोमा विद्यालय, स्वास्थ्य क्षेत्र र सामाजिक कार्यमा संलग्न मानिसहरूलाई प्राथमिकतामा राखी खोप सेवा उपलब्ध गराइराखिएको छ ।
पछिल्लो ३० दिनमा कुनै सुई लगाएका वा श्वासप्रश्वासमा समस्या भएकाहरूलाई खोप नदिइने उनले बताए । उनले दीर्घरोगी, गर्भवती र स्तनपान गराइरहेका महिलालाई पनि खोपको प्रारम्भिक अभियानमा सम्लग्न नगराइने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण