डीडीसीको घिउ जापान निर्यात : चारदेखि पाँच सय मेट्रिक टन लाने सम्झौता
दुग्ध विकास सं‚थान (डीडीसी)ले उत्पादन गरेको घिउ जापान निर्यात हुन थालेको छ । कोभिड–१९ को सुरुवातसँगै निर्यात हुन थालेको घिउ हालसम्म १७ हजार लिटर जापान गइसकेको छ ।
अझै १५ हजार लिटरको अर्डर भएको डीडीसीका महाप्रबन्धक रुद्रमणि पौडेलले बताए । जापानका व्यापारीले नेपालका व्यापारीसँग सम्पर्क गरी घिउ लाने गरेको उनले बताए । जापानका व्यापारीहरू नेपाल आएर डीडीसीको कारखाना अवलोकन गरी उत्पादन प्रक्रिया तथा गुण‚तर हेरेपछि घिउ लान तयार भएको डीडीसीका योजना तथा बजार व्यव‚थापन विभाग प्रमुख सञ्जीव झाले बताए ।
खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले गुण‚तरको प्रमाणित गरेपछि जापानका व्यापारी घिउ लैजान तयार भएका हुन् । डीडीसीले जापानी व्यापारीको उपस्थितिमा यहाँबाट निर्यात गर्ने व्यापारीसँग सम्झौता गरेको छ । प्रत्येक महिना चार–पाँच सय मेट्रिक टन घिउ लग्ने सम्झौता भएको प्रमुख झाले बताए ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृत दरबन्दीमा कार्यरत करारका कर्मचारी व्यवस्थापनबारे सरकारले गर्यो ७ बुँदे निर्णय
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकामा थप १ खर्ब डलर लगानी गर्दैछ टीएसएमसी
-
ब्राड पिटका थप दुई सन्तानले पनि सुरु गरे थरबाट ‘पिट’ हटाउन कानुनी प्रक्रिया
-
मिटरब्याज पीडित र सरकारीबिच आजै सम्झौता पत्रमा हस्ताक्षरको तयारी
-
कतारमा मिसाइल आक्रमण, छर्रा लागेर एक बालक घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण