शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीलाई सुरक्षा बढाइयो, कार्यक्रममा जाँदा खाली गरियो सडक

बुधबार, २४ मङ्सिर २०७७, ०९ : ३३
बुधबार, २४ मङ्सिर २०७७

सत्तारुढ दल नेकपाभित्र आन्तरिक विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौतिको सामना गरिरहेका बेला सुरक्षा निकायले उनको भ्रमणका क्रममा उच्च सुरक्षा सतर्कता अपनाउन थालेका छन् । 
नेकपा अध्यक्ष समेत रहेका उनी पार्टी मुख्यालय धुम्बाराही जाने भएपछि आसपासका घरका छतमा समेत सुरक्षाकर्मी परिचालन गरिएलगत्तै मंगलबार कीर्तिपुरको एउटा कार्यक्रमका लागि पनि उनको सवारी चलाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो । सो कार्यक्रममा जाने क्रममा सुरक्षाकर्मीले सडक खाली गराएर सवारी चलाएका थिए । विगतमा यस्तो अभ्यास थिएन । 

आजको नागरिक दैनिक लेख्छ– सडक नै खाली गराइएपछि के प्रधानमन्त्रीमाथि सुरक्षा थ्रेत बढेकै हो, बढेको हो भने कहाँबाट भन्नेजस्ता प्रश्न उठेका छन् । ‘त्यति कडाइ होइन, आवश्यकता हेरेर केही कडाइ भएको हो’, नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले भने, ‘हामीले हाम्रो ठाउँमा कमजोरी त हुन दिनु भएन नि ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप