ओली सरकारलाई भारतको सद्भाव ?
ओली सरकारको सामुन्ने प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, राजावादी र स्वयँ आफ्नै दल नेकपाभित्रैबाट चौतर्फी हमला शुरु भएको छ । तरपनि केही समय अघिसम्म सम्बन्ध खराब रहेको भनिएको भारतबाट भने नसोचेको सद्भाव र सहयोग प्राप्त भएको देखिन्छ । यसबीच एकाएक भारतीय सेनाध्यक्षको भ्रमण, खुफिया एजेन्सी ‘र’ प्रमुखको आकस्मिक आगमन र विदेश सचिवको समेत औपचारिक यात्रा भइसकेको छ । हाम्रा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई पनि निम्तो आएको छ ।
यी सबै कुराले के संकेत गर्छ ? भनेर सोध्दा नेपाल–भारत मामलाका एकजना जानकार भन्छन्, ‘मोदी सरकारको पछिल्लो रणनीति प्रधानमन्त्री ओलीलाई ‘इन्गेज्ड’ गराइरहने हो । भारतीय संस्थापन पक्षको बुझाईमा प्रधानमन्त्री ओलीमा आफूसँग मात्र रहेको एक्लो राष्ट्रवादको छविलाई जसरी पनि ‘सेटल’ गराउनु छ ।’ छिट्टै हुने भनिएको परराष्ट्रमन्त्री ज्ञवालीको नयाँ दिल्ली भ्रमण भारतको लागि उसले चाहेको ‘पछिल्लो सेटलको शुरुआती बिन्दू’ हुने उनको ठहर छ ।
भारत जसरी पनि कालापानीको ‘इस्युलाई डाइल्युट’ अर्थात् पचाउन चाहन्छ । त्यहि विषयमा वार्ता, छलफल र समझदारीको नाममा नेपाललाई वर्षौं अल्झाइ दिएपछि टण्टै साफको सिद्धान्तमा भारत अघि बढेकाले यसबीच भएका भ्रमण र भेटघाटलाई त्यसरी नै बुझ्नुपर्ने ती विश्लेषकको धारणा छ । ज्ञवालीको आगामी भ्रमणमा भारतले नेपाललाई सीमा विवादसम्बन्धी विषय फिर्ता लिएको रूपमा नभई यसअघिको चर्को आवाजलाई ‘टोन डाउन’ गराउने गरी कार्यक्रम अघि बढाएको परराष्ट्र स्रोतको पनि दाबी छ ।
स्रोत भन्छ, ‘भारतले कालापानीलगायतको विषयलाई सोझै संबोधन र प्रतिवाद गर्नुभन्दा एउटा ‘मेकानिज्म’ भित्र हालेर अल्झाइदिने पक्कापक्की छ ।’ अहिलेको लागि भारतलाई त्यति गर्नु नै कूटनीतिक भाषामा ठूलो ‘एचिभमेण्ट’ हुनेछ । त्यसपछि नेपाल सरकारले खुुल्लमखुल्ला रूपमा उक्त विषय उठाउनै सक्दैन । उठाउनै चाहेमा पनि त्यहि ‘मेकानिज्म’ गुहार्नुको विकल्प हुने छैन । जनआस्था साप्ताहिकमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण