अमेरिकाको एउटा भयानक घटनालाई बिर्साइदियो कोरोना महामारीले !
एजेन्सी । अमेरिकी इतिहासमा केही घटनाहरुले त्रासदीका निशानाहरु छाडेका छन् । तीमध्ये सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा भएको आतंकवादी हमला र अहिले अमेरिकालाई पूर्ण रुपमा प्रभावित पारिरहेको कोरोना भाइरस महामारीका बारेमा निकै चर्चा हुन थालेका छन् । अमेरिकामा अहिले कोरोना महामारीका कारण ३ लाख मानिसले ज्यान गुमाइसकेका छन् ।
तीन लाख मानिसको ज्यान गएको यो घटनाले अब यसअघि भएको सन् २००१ को भयानक आतंककारी हमलाको घटनालाई छायाँमा पारिदिएको छ । ११ सेप्टेम्बर, २००१ मा भएको हमलामा एक दिनमै जति मानिसहरुको ज्यान गएको थियो, कोरोना महामारीका कारण अहिले दैनिक त्योभन्दा बढी मानिसहरुको ज्यान गइरहेको छ । किनभने सेप्टेम्बर ११ मा भएको घटनामा २९ सय ७७ जना नागरिकले ज्यान गुमाएका थिए ।
यो घटना अमेरिकीहरुको मुटुमा किला विझे झै विझिरहेको थियो तर अहिले सुरु भएको महामारीले त्यसलाई बिर्साइदिन थालेको छ । अलकायदाको आक्रमणमा परेको अमेरिकाले उक्त घटनालाई अहिले पनि बिर्सिन सकेको छैन ।
अहिले अमेरिकामा कोरोना भाइरसकै कारण दैनिक ३ हजारभन्दा बढी मानिसको ज्यान गइरहेको छ । कोभिड ट्रेकिङ प्राजेक्टका अनुसार अमेरिकामा बुधबार मात्र कोरोनाका कारण ३ हजार ५४ जनाको ज्यान गयो । जुन अमेरिकामा कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो ।
योभन्दा पहिले ७ मे मा २७ सय ६९ जनाको ज्यान गएको थियो । यी आँकडाका आधारमा ११ सेप्टरमा मारिएको संख्या र घटना ओझेल पर्न थालेको चर्चा अमेरिका लगायत विश्वभर हुन थालेको छ । त्यतिमात्र होइन, यो संख्या सान फ्रान्सिस्कोका सन् १९०६ मा गएकोे भूकम्पमा मर्नेहरुको संख्याभन्दा पनि बढी हो ।
उक्त प्रकोपलाई पनि अमेरिकी इतिहासको सबैभन्दा ठूलो प्रकोपको रुपमा मानिन्छ । त्यसबेला ३ हजार मानिसको ज्यान गएको थियो । अमेरिकामा बुधबार १८ लाख नमूना परीक्षण गरिएको थियो । वल्ड्रोमिटरका अनुसार अमेरिकामा करिब १.६ करोड मानिसहरु कोरोना पोजेटिभ पुष्टि भएको छ भने ९२ लाखभन्दा बढी निको भइसकेका छन् ।
खुसीको कुरा के छ भने कोरोना संक्रमणबाट विश्वमै सबैभन्दा बढी प्रभावित देखिएको यो देशमा कम्तिमा २ वटा कोभिड खोप छिट्टै प्रमाणित हुने चरणमा रहेका छन् । भर्खरै अमेकिाको फुड एण्ड एडमिनिस्ट्रेशन(एफडीए) स्वीकार गरेको छ कि भ्याक्सिन निर्माता कम्पनी फाइजरको कोरोना खोप महामारी रोक्नका लागि निकै नै प्रभावकारी देखिएको छ । तर अहिलेसम्म यसलाई प्रयोग गर्ने अनुमति भने दिइसकिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण