मेसीले पुुजा गरिरहेको पोस्टर रोनाल्डोकी बहिनीले शेयर गरिन्
एजेन्सी । क्रिष्ट्रियानो रोनाल्डोकी बहिनी इल्मा अभिइरोले लियोनल मेसीले रोनाल्डोको प्रार्थना गर्दै गरेको पोस्टर आफ्नो सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । मेसीको बार्सिलोना र रोनाल्डोको युभेन्टस्बीच मंगलबार च्याम्पियन्स लिगमा प्रतिस्पर्धा भएको थियो, जहाँ युभेन्टस् ३–० ले विजयी भयो ।
रोनाल्डोले पेनाल्टीमार्फत दुई गोल गरेका थिए । खेलपछि रोनाल्डोले आफुले मेसीलाई कहिल्यै प्रतिद्वन्द्वी नठानेको दाबी गरेका थिए । यद्यपि, उनकी बहिनीले दाजुको प्रसंशा गर्ने क्रममा स्पष्टैसँग उनलाई मेसीको प्रतिद्वन्द्वीका रुपमा खडा गरेकी छिन् । ‘मेरो राजा । अहिलेसम्मकै सर्वोत्कृष्ट,’ उनले लेखेकी छिन् ।
रोनाल्डोले रियल म्याड्रिडका खेल्दा दुई खेलाडीबीचको प्रतिद्वन्द्वीता उत्कर्षमा थियो । एक दशकभन्दा लामो समयदेखि उनीहरुले फुटबल खेलमा आफ्नो दबदबा कायम गरेका छन् । मेसीले ६ पटक र रोनाल्डोले ५ पटक बेलोन डि अर जितेका छन् ।
यद्यपि, च्याम्पियन्स लिगमा मेसीभन्दा रोनाल्डोको उपलब्धि धेरै छ । उनले अहिलेसम्म पाँचपटक च्याम्पियन्स लिग जितेका छन् । रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट एकपटक र रियल म्याड्रिडबाट चारपटक च्याम्पियन्स लिग जितेका हुन् । यता, मेसीले बार्सिलोनाबाट चारपटक च्याम्पियन्स लिग जितेका छन् ।
अन्तर्राष्ट्रिय स्तरमा पनि मेसीभन्दा रोनाल्डो सफल छन् । रोनाल्डोले २०१६ मा पोर्चुगललाई युरो कप जिताएका थिए । तर, दुईपटक कोपा अमेरिकाको फाइनल र एकपटक विश्वकपको फाइनल खेलेका मेसीले अहिलेसम्म अर्जेन्टिनाको राष्ट्रिय टोलीलाई कुनै उपाधि भने जिताउन सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण