मुठभेडकै मुडः अब ओली–प्रचण्डबीच वान टु वान वार्ता नहुने
बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच भेट भयो । करिब एक महिनापछि झण्डै डेढ घण्टा भएको छलफलबारे बिहीबार आफू निटक बाग्मती प्रदेशस्तरीय नेता कार्यकर्तालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको ब्रिफिङअनुसार अब दुई अध्यक्षबीच एक्लाएक्लै भेट हुनेछैन ।
‘दुई जना मात्रै गफ गर्न नसक्ने अवस्थामा पुगियो, केही कुरा भन्नु छ भने विश्वास पात्र जो छ, उहाँ मार्फत् आउनुहोला, हाम्रो भेट कमिटीका बैठकमा मात्रै हुनेछ,’ प्रचण्डले भनेका थिए, ‘ओलीजीको बुहार्तन धेरै भयो, पार्टी कमिटीबाटै निर्णय गरेर जाऔँ ।’
अध्यक्षद्वय एक्लाएक्लै संवादमा बस्न नसक्ने स्थिति आएपछि पार्टीको भविष्य दोस्रो पुस्ताको काँधमा छ तर उनीहरुसमेत अध्यक्षद्वयलाई मिलाउन सक्रिय छैनन् । बरु दुवै पक्ष तल्ला कमिटीसम्म आफ्नो कुरा राख्न उद्यत छन् । दुवैतिरका जनवर्गीय संगठन र प्रदेश कमिटीहरुको पनि गोप्य र खुलमखुला भेला भइरहेका छन् ।
यसरी समानान्तर छलफल हुनुको पछाडि अब पार्टीमा बहुमतकै निर्णय हुन्छ र तल्ला कमिटीका आफ्ना निकटस्थलाई मानसिकरुपमा तयार पार्नुपर्छ भन्नेमा उनीहरु पुगेको देखिन्छ ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण