रगतको चरम अभाव
काठमाडौँ । नेपालमा रगत व्यवस्थापनको जिम्मा पाएको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार केन्द्रले सामान्य अवस्थामा शनिबार मात्र चार सय युनिट रगत सङ्कलन गर्ने गर्दथ्यो ।
शनिबार प्रायः १०/१२ स्थानमा रक्तदान कार्यक्रम आयोजना हुन्थे । एउटै स्थानबाट ५० युनिटभन्दा धेरै रक्तदान गर्ने स्वयंसेवी हुन्थे । आज (शनिबार) काठमाडौंँ उपत्यकामा जम्मा दुई स्थानमा मात्र रक्तदान गरियो । एक स्थानबाट २५ युनिट र अर्कोबाट ३१ युनिट गरी जम्मा ५६ युनिट रगत सङ्कलन भयो । यसले नेपालमा यतिबेला रगतको चरम अभाव छ भनेर पछिल्लो पुष्टि हो ।
सोसाइटीको केन्द्रीय रक्तसञ्चार केन्द्रका निर्देशक डा. मनिता राजकर्णिकारले रगतको चरम अभाव भएको जानकारी दिए । उनका अनुसार अभावबीच स्वयंसेवी रक्तदाताले गरेको रक्तदानले गर्दा बिरामीले रगत नपाएको अवस्था भने छैन ।
अहिले काठमाडौँका मुख्य–मुख्य अस्पतालले ब्लड बैङ्कको व्यवस्था गरेर आफ्ना अस्पतालका बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराएका कारण रगतको अभाव पूर्ति गर्न सहज भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण