बैतडीको डिलाशैनी गाउँपालिकाको लकडाउन पुस ५ सम्म थपियो
बैतडीको डिलाशैनी गाउँपालिकाको लकडाउन थप एक हप्ताका लागि लम्ब्याइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहका अनुसार पुस ५ गतेसम्म लकडाउन लम्ब्याइएको हो । उनले भने, “कोरोनाको जोखिम कायमै रहेकाले लकडाउन थप्ने निर्णय भएको छ ।”
आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले आजदेखि लागू हुने गरी पुस ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
यसअघि मङ्सिर २६ गतेसम्म लकडाउन गरिएकोमा जोखिम कायमै रहेकाले गाउँपालिका अध्यक्ष उकेन्द्रबहादुर बोहराको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले पुस ५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको थियो ।
लकडाउनको अवधिमा गाउँपालिकामा अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द रहने छन् । साथै विद्यालय पूर्णरूपमा बन्द हुने छन् भने पसल पनि बिहान ८ बजेदेखि ९ बजेसम्म मात्रै खुला हुनेछन् ।
औषधि पसल, एम्बुलेन्स सेवा भने सञ्चालन हुने छन् । डिलाशैनी गाउँपालिकामा हालसम्म २९ जनामा कोरोना पुष्टि हुँदा १७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
-
शिक्षा, स्वास्थ्य लगायतमा लगाइएको कर फिर्ता नलिए आन्दाेलन गर्ने चेतावनी
-
नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण