सहुलियतको खोपले हानि गरे कम्पनीलाई मुद्दा हाल्न नपाइने
कोभ्याक्स सुविधाअन्तरगत कोभिड–१९ विरुद्धको खोप प्राप्त गर्न उत्पादक कम्पनीलाई मुद्दा हाल्न नपाइने प्रत्याभूति दिनुपर्ने भएको छ खोप लगाउने व्यक्तिलाई कुनै हानि–नोक्सानी भए त्यसको जिम्मेवार नहुने गरी उत्पादक कम्पनीले सुरक्षा प्रत्याभूति खोजेको सरकारी अधिकारीले जनाएका छन् ।
कोभिड खोप सल्लाहकार समितिका संयोजक तथा बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा. श्यामराज उप्रेतीले कोभ्याक्सबाट खोप प्राप्त गर्ने सबै १ सय ८९ राष्ट्रले नै आगामी जनवरी ८ तारिखसम्म यस्तो प्रत्याभूति पठाइसक्नुपर्ने बताए । व्यक्तिले खोप लगाएपछि देखिन सक्ने कुनै पनि असामान्य दुष्प्रभावका लागि उत्पादकलाई दोष दिन नपाइने प्रक्रिया सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयले तयारी गर्दैछ ।
‘हामीले कोभ्यासबाट खोप पाउनका लागि उत्पादकलाई मुद्दा नहाल्ने सुरक्षा प्रत्याभूति पठाउनुपर्छ,’ राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्रा.डा. रमेशकान्त अधिकारीले भने, ‘देशको २० प्रतिशत जनसंख्याका लागि १.६ डलरदेखि २ डलरसम्मको सहुलियत मूल्यमा कोभ्याक्स सुविधाअन्तरगत कोभिडको खोप उपलब्ध हुने भनिएको छ ।’
कोभ्याक्सले नेपाललगात अन्य मुलुकलाई कुन खोप दिनेबारे अझै टुंगो लागेको छैन ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण