शिक्षक मारिएको गाउँमा अझै केही व्यक्तिको सफाया गर्ने हल्ला
गत मङ्सिर २३ गते नेकपा विप्लवका कार्यकर्ताले मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ वर्षेस्थित स्थानीय सरस्वती आधारभूत विद्यालयका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्या गरेपछि वर्षेवासी त्रसित बनेका छन् । यातायातको पहुँच नपुगेको र गाउँपालिका वडा कार्यालयको केन्द्र आइतबारेबाट झण्डै २० किलोमिटर टाढा रहेको वर्षे गाउँमा झण्डै १२ घर परिवार बसोबास गर्दै आएका छन् ।
द्वन्द्वकालमा तत्कालीन भूमिगत माओवादीको पकडमा रहेको उक्त गाउँमा पछिल्लो समय नेकपा माओवादी विप्लव समूहले पनि आफ्नो गतिविधि बढाउने प्रयास गरिरहेको छ । विप्लवका कार्यकर्ताले गरेको शिक्षक श्रेष्ठको हत्यालाई आफूहरूले पनि सोही रूपमा बुझेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्य बताउँछन् ।
यसअघि गत वर्ष पुस ६ मा पनि उक्त समूहले सोही पालिकाको किसानचौक–टाडी रमिते सडक निर्माणमा काम गर्दै गरेका तीनवटा स्काभेटरमा आगजनी गरेका थिए । शिक्षक श्रेष्ठको हत्यासँगै गाउँमा पूरै त्रास छाएको, घास दाउरा, मेलापात, गोठालो र खेताला गर्न जान समेत गाउँलेहरू डराइरहेको स्थानीय मनोहर आधारभूत विद्यालयका शिक्षक मदन श्रेष्ठ बताउँछन् ।
गाउँमा अझै केही व्यक्तिको सफाया गर्ने हल्ला विप्लवका कार्यकर्ताले चलाएको र हत्या गरिएका शिक्षक श्रेष्ठसँग आफ्नो निकट सम्बन्ध रहेका कारण आफूलाई समेत गाउँ फर्किन गाह्रो भइरहेको मदनले बताए । शिक्षक श्रेष्ठको हत्यासँगै मदन पनि गाउँपालिकाको केन्द्र मधुमल्ला बजारतिर झरेका छन् । उक्त हत्यापछि गाउँका धेरै मानिस गाउँ छाडेर मधुमल्लातिर झरेको उनको भनाइ छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण