धान उत्पादन बढ्यो, यसवर्ष एक लाख मेट्रिक टनभन्दा बढी उत्पादन
काठमाडौँ । गत वर्षको तुलनामा यसपाली धान उत्पादन वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यस पटक एक लाख मेट्रिक टन धान बढी उत्पादन भएको छ ।
गत वर्ष ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष झन्डै ५६ लाख मेट्रिक टन उत्पादन भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन वृद्धि भएको तर त्यसको तथ्याङ्क बाहिर नआएको बताउनुभयो । मौसम अनुकूलता, समयमा सिँचाइ, मल आपूर्ति, धान खेतको क्षेत्रफल वृद्धि लगायतका कारण उत्पादन वृद्धि भएको उनले बताए ।
उनले भने, “यसपालि धान उत्पादन वृद्धि हुनुको मुख्य कारण खेतीयोग्य जमिनको क्षेत्रफल वृद्धि नै हो । मन्त्रालयको तथ्याङ्कअनुसार यसपालि १३ लाख ७१ हजार ७०६ हेक्टरमा धान रोपाइँ भएको थियो ।”
कोरोना महामारीका कारण सरकारले गरेको बन्दाबन्दीले धान रोपाइँको क्षेत्रफल वृद्धि भएको थियो । सहरबाट गाउँ पसेकाले बा(ँझो जमिनमा पनि धान खेती गरेका थिए । विगतभन्दा यसपालि धान रोपाइँ समयमा सम्पन्न भएको, धान रोपाइँको क्षेत्रफल वृद्धि भए पनि अन्तिममा आएर तराई मधेसमा बाढी र त्यसपछि कीराले क्षति पु¥याएका कारण मन्त्रालयले लिएको लक्ष्यअनुसार धान उत्पादन हुन नसकेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा सुरेशकुमार यादवले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
-
चीनलाई विश्वकप चाहिँदैन, उसँग आफ्नै ‘भिलेज सुपर लिग’ छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण