भारतमा जनवरीबाट कोरोना खोप लगाउन सुरु गरिने
एजेन्सी । भारतमा जनवरीबाट कोरोना खोप लगाउन सुरु गरिने भएको छ । त्यहाँको स्वास्थ्य विभागले दिएको जानकारीअनुसार जनवरी सुरुदेखि कोरोना खोप लगाउने तयारी गरिएको छ । स्वास्थ्य विभागका एक अधिकारीले नाम प्रकाशित नगर्ने सर्तमा बीबीसीलाई भनेका छन् कि आगामी केही हप्ताभित्रै भ्याक्सिन बनाउने कम्पनीहरुले औषधी नियामक निकायबाट तत्काल भ्याक्सिन प्रयोगको स्वीकृति लिन सक्ने तयारी गरिरहेका छन् ।
दुई कम्पनीले भने भयक्सिनको आपतकालीन प्रयोगका लागि आवेदन दिइसकेका छन् भने अन्य ६ कम्पनीहरुले खोप क्लिनिकल परीक्षण भइरहेको जनाएका छन् । खोप अभियान अन्तर्गत आगामी अगष्ट सम्म ३० करोड जनतालाई भ्याक्सिन दिइने तयारी गरिएको जनाइएको छ ।
भारतमा कोरोना संक्रमितहरुको संख्या एक करोड पुग्न लागेका छन् । संक्रमणका कारण हालसम्म एक लाख ४ हजार ४ सय ४४ जनाको मृत्यु भैसकेको छ । यद्यपि, भारतमा नयाँ संक्रमितहरुको संख्या घट्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण