एक व्यक्ति जसले परमाणु युद्ध रोके
लण्डन । शीतयुद्धको दौरान सम्भावित परमाणु युद्ध रोकेका सोभियत संघका पूर्व सैनिक अधिकारीको ७७ वर्षको उमेरमा निधन भएको छ ।
स्तानिस्लाभ पेट्रोभ सन् १९८३ मा रसियाको परमाणु आक्रमणबारे पूर्व सूचना दिने केन्द्रमा कार्यरत थिए । त्यतिबेला कम्प्युटरले अमेरिकाबाट मिसाइल आएको गलत सूचना दिएको थियो ।
उनले त्यतिबेला आफै निर्णय लिएर उक्त सूचना गलत भएको बताउँदै सो कुरा आफूभन्दा सिनियर अधिकारीहरुलाई जानकारी दिएनन् ।
उनको यो हस्तक्षेपबारे केही वर्षपछि मात्र प्रकाशमा आएको थियो । उनको यो निर्णयले ठूलो परमाणु युद्ध टरेको बताइएको छ ।
पेट्रोभको गत मेमा मस्कोमा मृत्यु भए पनि हालै मात्र सो कुरा सार्वजनिक भएको हो ।
सन् २०१३ मा बिबिसीसँगको अन्तर्वार्तामा उनले सन् १९८३ को सेप्टेम्बर २६ को बिहान कम्प्युटरले अमेरिकाबाट थुप्रै मिसाइल रसियालाई लक्षित गरेर पठाइएको सूचना दिएको बताएका थिए ।
‘मसँग सबै तथ्याङ्क थियो (मिसाइल आक्रमणबारे) । यदी मैैले चेन अफ कमान्डमा यो रिपोर्ट गरेको भए कसैले यसलाई प्रश्न गर्ने थिएनन्,’ उनले भनेका थिए ।
उनले थप भनेका थिए, ‘मैले मात्र नजिक रहेको टेलिफोनबाट मेरा शीर्ष चार कमाण्डरलाई यसको रिपोर्ट गर्नुथियो, तर म चलमल गर्न सकिँन । त्यतिबेला मलाई म तातो कराईमा बसिरहेको छु जस्तो लागेको थियो ।’
उनलाई दिएको प्रशिक्षण अनुसार उनले सोभियत सेनालाई तत्कालै यसको जानकारी दिनुपर्ने थियो । तर उनले त्यतिबेला आफ्नो ड्युटी अफिसरलाई बोलाएर सिस्टममा समस्या देखिएको कुरा मात्र जानकारी गराएका थिए ।
यदी उनी गलत भएको भए, केही मिनेटको अन्तरालमा रसियामा परमाणु बम खस्ने थियो ।

‘२३ मिनेटपछि सम्म केही भएन । यदी साँच्चिकै परमाणु आक्रमण भएको भए मलाई थाहा हुन्थ्यो । बल्ल म ढुक्क भएँ,’ उनले सम्झिएका थिए ।
पछि गरिएको अनुसन्धानमा सोभियतका भूउपग्रह बादलमा टल्किएको घामको प्रकाशलाई अन्तरमहादेशीय बालिस्टिक क्षेप्यास्त्रको इन्जिन भनेर झुक्किएको पत्ता लागको थियो ।

पेट्रोभ लेफ्टिनेन्ट कर्नेलका रुपमा रिटायर भएका थिए । उनको गत मे १९ मा मृत्यु भएको बिबिसीले जनाएको छ ।
पेट्रोभको कथालाई अन्तर्राष्ट्रियरुपमा चिनाएका जर्मन चलचित्र निर्माता कार्ल सुमाकरले सेप्टेम्बर ७ मा उनको जन्मदिनमा फोन गर्दा मात्र उनको छोराले उनको निधन भएको समाचार सुनाएका थिए ।
सुमाकरले अनलाइनमा उनको मृत्यु भएको जानकारी दिएको केही समयपछि मात्र अन्तर्राष्ट्रिय मिडियाले यसबारे जानकारी पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनको उद्घाटन सत्रबाट रवि र बालेनले दिएका सन्देश
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
-
एकै विश्वकप दिवसमा डच राजपरिवारका लागि दोहोरो ठुलो सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण