नेपालमा कोरोनाबाट मृत्यु हुनेको दर बढ्दै
सरकारले पीसीआर परीक्षण घटाउँदै लगेकाले संक्रमितको संख्यामा कमी आएको देखिए पनि मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने हरेक महिना झन्झन् बढ्दै गएको छ । शनिबार मात्र १२ जनाको मृत्यु भएको छ । पीसीआर परीक्षण गराएकामध्ये शनिबारसम्म मृत्यु हुनेको संख्या १ हजार ७ सय ७७ पुगेको छ ।
६ महिनायताको तथ्यांकअनुसार नोभेम्बरमा सबैभन्दा बढी ५ सय ७१ जनाको मृत्यु भएको छ । डिसेम्बरमा शनिबारसम्म २ सय ७१, अक्टोबरमा ४ सय ३९, सेप्टेम्बरमा २ सय ७०, अगस्टमा १ सय ७२, जुलाईमा २७ र जुनमा २९ जनाको कोरोनाबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल देशभरिको केस फ्याटलिटी रेट (सीएफआर) अर्थात् मृत्युदर ०.७३ प्रतिशत छ । जनस्वास्थ्यविद् एवं अनुसन्धानकर्ता वरिष्ठ जनस्वास्थ्यविद् डा.राजेन्द्र बीसीका अनुसार काठमाडौं उपत्यकाको सीएफआर ०.६१ प्रतिशत, काठमाडौंको ०.५ प्रतिशत, ललितपुरको १.०१ प्रतिशत र भक्तपुरको १.१६ प्रतिशत छ । यस्तै वाग्मती प्रदेशको सीएफआर ०.६७ प्रतिशत छ ।
देशभर कोभिडले मृत्यु भएकामध्ये ८ सय ९० जना अर्थात् ५० प्रतिशत वाग्मती प्रदेशका छन् । यस्तै उपत्यकामा ६ सय ९२ जना अर्थात् ३९ प्रतिशतको मृत्यु भएको छ । काठमाडौं जिल्लामा मात्र नेपालभरि कोभिडले हुने मृत्युमध्ये २५ प्रतिशत छ ।
पछिल्लो एक महिनामा पीसीआर परीक्षण घटेकाले दैनिक संक्रमण दर भने कम देखिएको छ । विज्ञहरूले परीक्षण बढाउने हो भने संक्रमण दर बढी देखिने बताएका छन् । उनीहरूले संक्रमण दरमा वास्तविक कमी नआएकाले जनस्वास्थ्यको नियम कडाइपूर्वक पालन नगरे यसले सम्भावित दोस्रो लहर ल्याउन सघाउने चेतावनी दिएका छन् ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण