कोरोनाको परिवर्तित रुपबारे अध्ययन गरिने
सरकारले बेलायतमा देखिएको कोरोना भाइरसको परिवर्तित नयाँ रुप नेपाल प्रवेश गरेनगरेको पत्ता लगाउन अध्ययन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा बुधबार बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले भाइरसको नयाँ स्वरुप नेपालमा भएनभएको अध्ययन गर्ने निर्णय गरेको हो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले केही सातायता बेलायतबाट अथवा बेलायत ट्रान्जिट हुँदै आएका यात्रुको खोजी गरी संक्रमित पाइए अनुवांशिक उपक्रम (जेनेटिक सिकेन्स) अध्ययन गरिने जानकारी दिए ।
‘हामीले बिहीबारदेखि नै सम्भावित संक्रमितको खोजीलाई अगाडि बढाउनेछौं,’ ज्ञवालीले भने ।
कोरोना भाइरसको दोसो चरणको जेनेटिक सिकेन्सको अध्ययन गर्ने योजना यसअघि नै बनाए पनि परिषद्ले बेलायतमा देखिएको नयाँ स्टे«नको पनि सम्भावना देखिएकाले थप भाइरसका नमुना समेटेर अध्ययन गर्न लागेको हो । ‘यसपटक कम्तीमा पनि ५० भन्दा बढी नमुनाको अध्ययन गर्ने तयारी रहेको र यसबारे थप गृहकार्य बिहीबारबाटै गर्नेछौं,’ ज्ञवालीले भने । यो समाचार आजको नागरिक दैनिकमा श्रीराम सुवेदीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण