अलमलमा सभामुख
प्रतिनिधिसभा विघटन संवैधानिक कि असंवैधानिक भन्ने विषयको छिनोफानो सर्वोच्च अदालतले गर्ने नै छ। प्रतिनिधिसभा विघटनको संकेत दुईचार दिनअघि नै देखिएको थियो। तर त्यतिबेला मौन बसेका सभामुख अग्नि सापकोटा विघटनपछि सक्रिय भएर के गर्ने भन्ने प्रश्न उठ्नु स्वाभाविक हो।
प्रतिनिधिसभा विघटनपछि विशेष अधिकार प्रयोग गरेर संसद् बोलाउने विषयमा उनले छलफल मात्र गरेनन्, बुधबार विज्ञप्ति जारी गरेर संसद् विघटन गलत भएको र उच्चस्तरीय राजनीतिक छलफलको आवश्यकता रहेको पनि बताए। उनले अविश्वासको प्रस्ताव साढे ३ बजे नै दर्ता भएको भन्ने विज्ञप्ति जारी गर्न संसद् सचिवालयलाई निर्देशन दिए। अब सभामुखको भूमिका के त भन्ने ज्वलन्त प्रश्न उठेको छ।
‘सभामुखले अब खेल्ने भूमिका नै के छ र ? उहाँले संसद् बोलाएर हुँदैन, ओली पक्षका सांसद गएनन् भने के हुन्छ ?’ पूर्वसभामुख दमननाथ ढुंगानाले भने, ‘त्यो बाटोले पनि सभामुखलाई राम्रो गर्दैन। उहाँले संसद् विघटन हुने हल्ला चल्नासाथ प्रधानमन्त्री र राष्ट्रपतिलाई गुहार्नुपथ्र्यो।’ त्यसो गर्न नसक्दा सभामुख चिप्लिएको उनको भनाइ छ। ‘अब सक्रियता देखाएर उहाँले केही गर्न सक्नुहुन्न,’ ढुंगानाले भने।
सभामुख कार्यकक्षमै भएका बेला संसद्मा अविश्वासको प्रस्ताव आउँदा दर्ताको समय दुईथरी हुनुको कारण के हो ? किन यस्तो भइरहेको छ ? सभामुखले सदर गरेर पठाउने कुरा कति बेला भएको थियो ? सभामुखले आफूले सदर गरेको कुरा किन भन्न सकेनन् ? अहिले यस्ता प्रश्न उठिरहेका छन्। नेकपाका भीम रावल, पम्फा भुसाल, देव गुरुङ अविश्वासको प्रस्ताव लिएर सभामुखको कार्यकक्षमा पुगेका थिए। अविश्वासको प्रस्ताव पुस ५ गते पहिलोचोटि १० बजेर ३० मिनेट जाँदा, त्यसपछि १० बजेर ५० र त्यसपछि ३ बजेर ३० मिनेट जाँदा दर्ता भयो भन्ने कुरा किन आयो ? यस विषयमा अदालतमा प्रश्न उठ्न सक्ने एक नेताले बताए। यो समाचार आजको नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण