चुरोट छोड्न के गर्ने ?
एजेन्सी - धुम्रपानले स्वास्थ्यमा नराम्रो असर पुर्याउँछ । क्यान्सर, फोक्सोका विभिन्न रोगहरु, दम जस्ता समस्याहरु पैदा गर्छ । यसले शरीरमा गमभीर समस्या पैदा गर्छ । साथै, चुरोट पिउने बानीेले रोग प्रतिरोधात्मक क्षमतामा पनि ह्रास ल्याउँछ । त्यसैले धुम्रपान छोड्नु नै स्वास्थ्यका लागि फाइदाजनक हुन्छ तर कसरी छोड्ने त ?
धेरै जसो व्यक्तिहरुले धुम्रपानलाई दैनिक जीवनको हिस्सा बनाएका छन् । कसैले तनाव कम गर्न धुम्रपान गर्ने, मद्यपान गर्ने समयमा धुम्रपान गर्ने, साथीभाईको संगतमा लागेर तथा विभिन्न कारणले धुम्रपानको लतमा फसेका हुन्छन् । लतमा फसिसकेपछि धेरैले धुम्रपान छोड्ने प्रयास गरेका हुन्छन् तर सम्भव भइरहेको हुँदैन । एकैपटक धुम्रपान छोड्न सहज हुँदैन त्यसैले बिस्तारै यसको लतबाट छुटकारा पाउन के गर्ने ?
परिवार र साथीभाईलाई जानकारी गराउँनुस्
आफ्नो परिवार र साथीभाईलाई चुरोट छोड्न लागेको जानकारी गराउँनुस् । परिवार र साथीभाईले तपाईंले धुम्रपान गरेको थाहा पाए भने लगातार छोडन् लागेको कुरा याद गराइदिन्छन् । जसले गर्दा विस्तारै लतबाट छुटकारा पाउनुपर्छ भन्ने सोच विकास हुन्छ र तपाईंको बानी कम हुँदै जान्छ ।
चुरोटको संख्या कम गर्नुस्
एक दिनमा जतिवटा चुरोट पिउनुहुन्छ त्यसको संख्या कम गर्दै जानुस् । दिनदिनै संख्या कम हुँदै जाँदा चुरोट छोड्न मद्दत गर्छ ।
चुरोटको प्याकेट नकिन्नुस्
चुरोट छोड्ने सजिलो उपायमा अर्को चुरोटको बट्टा किन्न बन्द गर्नु हो । बट्टा किन्दा धेरै चुरोट पिउने भएकाले खुल्ला थोरै संख्या चुरोट किन्ने गर्नुस् ।
धुम्रपान स्वास्थ्यका लागि सँगै पारिवारका सदस्यहरुका लागि पनि बेफाइदाजनक हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण