पाकिस्तानमा चर्कियो सरकारविरोधी आन्दोलन, नवाजकी छोरीले उठाइन् इमरानमाथि प्रश्न
एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफकी छोरी मरियमले प्रधानमन्त्री इमरान खानको कार्यशैलीप्रति प्रश्न उठाएकी छिन् । ‘यदि चुनौतीहरु सामना गर्न सक्नुुहुुन्न् भने प्रधानमन्त्री पद किन सम्हाल्नुुभयो,’ बुधबार मरदान शहरमा आयोजित विपक्षी गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुुभमेन्टको सभाका क्रममा सम्बोधन गर्दै उनले यस्तो प्रश्न राखेकी हुन् ।
मरियम पाकिस्तान मुस्लिम लिग–नवाज –पिएमएल–एन) की नेतृ हुन् । ‘चुनावभन्दा पहिले इमरानले भन्थें कि उनीसँग २ सयजना विद्धानको टिम छ । त्यो टिम अहिले कहाँ छ ? उनका मन्त्री आ–आफ्नो धुन बजाउँछन्, तर उनको २ सय जनाको टोली पाकिस्तानमा कहीँ कतै देखिएको छैन ।’
इमरानले दिएको एक बयानबारे प्रश्न गर्दै मरियमले भनेकी छिन्, ‘उनी देशको समस्या र विदेशी ऋणबारे जानकारी छैन भन्छन् । उनी यो पनि जान्दैंनन् कि सरकार कसरी चलाइन्छ र यसका लागि तयार पनि थिएनन् ।’
मरियमले एक दिनअघि पनि इमरानमाथि निशाना साँधेकी थिइन् । उनले भनेकी थिइन्, ‘पर्याप्त गृहकार्य नगरी कोही पनि सत्तामा आउनुु हुँदैन ।’ इमरान खानले पाकिस्तानको सत्ता सम्हालेको झन्डै २ वर्ष ६ महिना भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण