चितुवाको छाला र हड्डीसहित ३ जना पक्राउ
कैलाली । चितुवाको छाला र हड्डीसहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा डोटी जिल्ला जोरायल गाउपालिका ४ बस्ने बर्ष ३१ का किरन पुन,डोटी आदर्श गाउपालिका ५ लामीखाल बस्ने बर्ष ३५ का बिर बहादुर धामी र सोही ठाँउ बस्ने बर्ष २२ का योगेन्द्र धामी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले रातोपाटीलाई जानकारी दिए ।
यहि महिनाको १० गते कैलालीको गोदावरी नगपालिका २ अत्तरिया बजारमा चितुवाको छाला र हड्डी कारोबार भईरहेको सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिगएको प्रहरी टोलीले अत्तरियास्थित मिट प्वाईन्ट होटलबाट पक्राउ गरेको उनले बताए ।
होटलमा किरन पुनलाई चितुवाको छाला थान १ हड्डी थान २ सहित प्रकाउ गरी अनुसन्धान गर्दा अन्य संलग्न २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ परेकालाई आबश्यक कारबाहीका लागि डिभिजन बन कार्यालय धनगढी कैलाली पठाएको प्रहरीले जनाएको छ ।
यसैगरी, ३३० ग्राम चरेश १ लाख १२ हजार ३२५ सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बैतडी जिल्लाका दोगडाकेदार गाउपालिका १ बस्ने बर्ष २६ को तोरण प्रशाद जोशी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।
यहि राति ९ गते चरेशको कारोबार भईरहेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट गएको प्रहरी टोलीले गोदावरी नगरपालिका अत्तरिया २ बाट उनलाई प्रकाउ गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण