५५ वर्ष पुगे सलमान, यी ६ महिलासँग रह्यो प्रेम
मुम्बई । बलिउड सुपरस्टार सलमान खान आज ५५औं जन्मदिन सेलिब्रेसन गर्दैछन् । सलमान अभिनय करियरमा जति चर्चामा रहे । त्यति नै चर्चा उनको विवाद र प्रेम जीवनको समेत भएको पाइन्छ । सलमानले बलिउडका कयौ अभिनेत्रीसँग डेट गरेको छन् । तर, विवाह भने कसैसँग पनि भएको छैन । सलमानको प्रेम रहेको ६ महिला जसको चर्चा यहाँ गर्न खोजिएको छ ।
शहीन जाफरी :

शहीन जाफरी सलमानको पहिलो प्रेम थियो । जसको जानकारी सलमानले एक अन्तरर्वार्ताको क्रममा दिएका थिए । सलमान जव १६ वर्षका थिए । त्यही समय शहीनको प्रेममा थिए । यी दुबैको विवाहसँग कुरा पुगेको थियो । त्यही समय सलमानको जीवनमा संगीता बिजलानीको आगमन भयो । सोही कारणले विवाह हुन सकेन ।
संगीता बिजलानी :

संगीता बिजलानी मिस इन्डिया विजेता समेत हुन् । दुबैको भेट ८० को दशकमा भएको थियो । संगीता सलमान खान परिवारसँग पनि नजिक थिइन् । सलमान पनि संगीतासँग विवाह गर्न चाहन्थे । तर दुबैको ब्रेकअप भयो ।
सोमी अली :

सोमी अली पाकिस्तानी अभिनेत्री हुन् । सोमीको साथ सलमानको अफेयर्स लामो समयसम्म चलेको थियो । फिल्म ‘मैने प्यार किया’ हेरेपछि सोमी सलमानसँग फिदा भएकी थिइन् । दुबैको डेट ८ बर्षसम्म चलेको थियो ।
ऐश्वर्या राय :

सलमान र ऐश्वर्याको अफेयर निकै चर्चामा रहेको थियो । दुबैको पहिलो भेट ‘हम दिल दे भुके सनम’ सेटमा भएको थियो । त्यही दुबैले एकअर्काेलाई मन पराएका थिए । एक दिन रातको ३ बजे सलमान ऐश्वर्याको घर पुगेका थिए । उक्त कारणले ऐश्वर्या रिसाएर सलमानलाई ब्रेकअप दिएकी थिइन् ।
कट्रीना कैफ:

सलमान र कट्रीनाको प्रेम पनि निकै चर्चामा रहेको बिषय हो । सलमानले कट्रीनालाई फिल्म ‘मैने प्यार क्युं किया’मा अभिनय गर्ने अवसर दिलाएका थिए । सलमानका साथ फिल्म अभिनयपछि कट्रीना निकै हिट भइन् । २००९ मा दुबैका ब्रेकअप भएको थियो ।
युलिया वन्तूर :

सलमानको प्रेम चर्चा रोमियन सुन्दरी युलिया वन्तुरसँग पनि भएको थियो । दुबैलाई एकसाथ धेरै पटक देखिएका थिए । युलिया सलमानको परिवारसँग पनि देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण