केपी ओली सामन्ती र निरंकुश शासक बन्नुभयो: अष्टलक्ष्मी शाक्य
काठमाडौं । नेकपा (प्रचण्ड–माधव) पक्षका नेता वागमती प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी ओली कमरेड केपी ओलीका रुपमा नरहेको बताएकी छन् । भृकुटी मण्डमा मंगलबार भएको विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेतृ शाक्यले केपी ओली निरंकुश र समान्ती शासक बनेको बताएकी हुन् ।
‘केपी ओलीले जनतामाथि धावा बोल्ने र अधिकार खोस्ने काम गर्नुभयो, अब उहाँ कमरेड केपी अोली होइन, प्रतिगमनकारी ओली बन्नुभयो’ शाक्यले भनिन्, ‘केपी ओली नेतृत्वको सरकारविरुद्ध दृढताका साथ अघि बढ्छौ । जनताका शक्तिका अगाडि कस्ता कस्ता शासक त ढले भने स्वभाविक रुपमा ओली सरकार पनि ढल्ने छ । ओलीको शासन सत्ता टिक्दैन ।’
उनले मुलुकमा संघीयता र गणतन्त्र आएपछि, गर्व गरिरहेपनि प्रधानमनत्री ओलीले लोकतन्त्रमाथि धावा बोलेकाले आनदोलनमा जानु परेको बताइन् । ‘संविधानमाथि कू भएको छ । ओलीको यो कदम निस्तेज बनाउन, संसद सुचारु र संघीय लोकतान्त्रिक गणतन्त्र बचाउन आन्दोलन गरेका हौ’ शाक्यको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण