केपी ओली सामन्ती र निरंकुश शासक बन्नुभयो: अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा (प्रचण्ड–माधव) पक्षका नेता वागमती प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी ओली कमरेड केपी ओलीका रुपमा नरहेको बताएकी छन् । भृकुटी मण्डमा मंगलबार भएको विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेतृ शाक्यले केपी ओली निरंकुश र समान्ती शासक बनेको बताएकी हुन् ।
‘केपी ओलीले जनतामाथि धावा बोल्ने र अधिकार खोस्ने काम गर्नुभयो, अब उहाँ कमरेड केपी अोली होइन, प्रतिगमनकारी ओली बन्नुभयो’ शाक्यले भनिन्, ‘केपी ओली नेतृत्वको सरकारविरुद्ध दृढताका साथ अघि बढ्छौ । जनताका शक्तिका अगाडि कस्ता कस्ता शासक त ढले भने स्वभाविक रुपमा ओली सरकार पनि ढल्ने छ । ओलीको शासन सत्ता टिक्दैन ।’
उनले मुलुकमा संघीयता र गणतन्त्र आएपछि, गर्व गरिरहेपनि प्रधानमनत्री ओलीले लोकतन्त्रमाथि धावा बोलेकाले आनदोलनमा जानु परेको बताइन् । ‘संविधानमाथि कू भएको छ । ओलीको यो कदम निस्तेज बनाउन, संसद सुचारु र संघीय लोकतान्त्रिक गणतन्त्र बचाउन आन्दोलन गरेका हौ’ शाक्यको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय